सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ७ । नेपाल प्रेस काउन्सिलले विदेशबाट चलाइने फेसबुक, ट्वीटरको अनुगमन गर्ने भएको छ ।
प्रेस काउन्सिल ऐनको मस्यौदामा राष्ट्रय, राष्ट्रियता, ब्यक्ति समुदाय जात, धर्म, ईज्जत प्रतिष्ठानमा आँच पुर्याउने प्रवृत्तिको अनुगमन गर्ने पस्ताव गरिएको छ ।
विदेशमा बसेर सामाजिक सञ्जालमार्फत नेपालबारे जभाभावी लेख्नेलाई अनुगमन गर्ने भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।
छापा तथा विधुतीय सञ्चारमाध्यमको रेकर्ड राख्ने, सञ्चारमाध्यम, सञ्चारकर्मीबारे केही उजुरी परे अनुसधन गर्ने गरेको काउन्सिलले ऐनमा नयाँ व्यवस्था गर्न लागेको हो ।
विदेशमा बस्ने नेपालीले जथाभावी लेख्ने, जात, धर्म, संस्कृतिमा खलल पुग्ने लेख्ने गरेको भन्दै ऐनमा नयाँ विषय थप्न लागिएको ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा