सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ७। बिपीको भ्रमणमा दुई देशबीचको सीमा समस्या सुल्झाउन महत्वपूर्ण सम्झौता भएको थियो । तत्कालीन समयमा सगरमाथालाई लिएर दुई देशबीच विवाद थियो ।
बिपीको भ्रमण विवाद समाधानमा महत्वपूर्ण रह्यो । २१ मार्च १९६० मा सीमा र आर्थिक सहायतासम्बन्धी महत्वपूर्ण सम्झौता भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सम्झौता हस्ताक्षर समारोहमा चीनका अध्यक्ष लिउ सावो छी नै उपस्थित थिए । सोही सम्झौताका आधारमा गठन भएको द्विपक्षीय आयोगले नेपाल–चीनबीचको सम्पूर्ण सीमा विवाद टुंग्याएको थियो ।
चीनले कोदारी राजमार्गको प्रस्ताव गरेको थियो । तर, बिपीले आर्थिक रूपमा उपयुक्त नभएको भन्दै अस्वीकार गरेका थिए ।
टोलीमा सञ्चारमन्त्री गणेशमान सिंह, गृहमन्त्री सूर्यप्रसाद उपाध्याय र परराष्ट्रसचिव नरप्रताप थापा थिए । विमानस्थलमा चाउ एनलाईले स्वागत भाषण गरेका थिए । त्यतिवेलाका मुख्य चिनियाँ पत्रिकाहरूले सम्पादकीयमै बिपीको भ्रमणको चर्चा गरेका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा