भर्खरै

सुआरेजको सयौ अन्तराष्ट्रिय म्याचमा निर्णायक गोल, उरुग्वे अन्तिम १६ मा प्रवेश


 June 20, 2018     सेतो खबर

उरुग्वेले साउदी अरबलाई १–० ले पराजीत गरेको छ । ग्रुप ए अन्तर्गत रोस्तोव एरीना मैदानमा भएको खेलमा लुईस सुआरेजले खेलको २३ औ मिनेटमा पहिलो तथा निर्णायक गोल गरेका थिए ।  जीतसँग उरुग्वे अन्तिम १६ मा पनि प्रवेश गरेको छ । यसको साथै उनी तिन विश्वकपमा लगातार गोल गर्ने एकमात्र उरुग्वेको फुटबलर बनेका छन् । स्टार प्लेयर सुआरेजको यो १०० औ अन्तराष्ट्रिय म्याच पनि हो ।
यसअघि पहिलो खेलमा उरुग्वेले ईजिप्टलाई १–० ले हराउदै विश्वकप यात्रा शुरु गरेको थियो भने साउदी अरबले आयोजक रुससँग विश्वकपको उदघाटन खेलमा ५–० को फराकिलो गोल अन्तरले पराजीत भएको थियो ।

 

LIC
LIC



Ime Inside