सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पेर्चुगलले मोरक्कोलाई १–० गोलले पराजित गरेको छ ।ग्रुप “बि “अन्तर्गतको दोस्रो खेलमा पोर्चुगलको लागी स्टार स्ट्राइकर रोनाल्डोले खेल शुरु भएको ४ मिनेटमा हानेको गोल नै निर्णाय गोल बन्यो ।
पहिलो खेलमा स्पेन विरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले आफनो ५१ औ ह्याट्रि पुरा गरेका थिए भने मोरक्को विरुद्ध रोस्टन ऐरिनाको रोस्टन वन डन मैदानमा भएको
खेलमा एक मात्र गोल पनि उनैले गरे । यो सँगै पोर्चुगली खेलाडी रोनाल्डो य फिफा विश्वकप २०१८ रुसमा अहिलेसम्म सर्वाधिक ४ गोल गर्ने खेलाडी समेत बनेका छन् ।
मोरक्कोले यो प्रतिस्पर्धामा कैयौ गोल गर्ने मौका पायो तर त्यसलाई गोलमा भने परिणत गर्न सकेन । लगातार दुई खेलको हारपछि यो अफ्रिकि टिम प्रतिस्पर्धाबाट एलिमिनेट भएको छ । मोरक्कोले आफनो पहिलो म्याचमा ईरानसँग १–० गोलले पराजित भएको थियो भने, त्यही युरोपीयन च्याम्पियन पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकको मद्यतले स्पेनलाई ३–३ को बराबरीमा रोक्न सफल भएको थियो ।
म्याचको यो गोलसँगै क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै अन्तराष्ट्रिय गोल (८५) गर्ने ईन्टरनेशनल खेलाडी , सबैभन्दा धेरै अन्तराष्ट्रिय गोल गर्ने युरोपीयन खेलाडी, रियल म्याड्रिडको इतिहासको हाइएस्ट गोल स्कोरर बनेका छन् । मोरक्को खेलको अन्तिमसम्ममा गोल गर्न प्रयासरत रह्यो र पोर्चुगलसँग १–० गोल अन्तरले पराजित हुदै अन्तिम १६ मा पुग्नबाट बञ्चित भयो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा