सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, असार ६। काठमाडौंको बाँसबारीमा रहेको न्युरो अस्पतालको नाम परिवर्तन गरी ‘उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्स’ नाम राखीएको छ । अस्पतालका सञ्चालक वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटाको निधन पश्चात सो अस्पतालको नाम परिवर्तन गरिएको हो ।
यसअघि अस्पतालको नाम ‘नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइट साइन्स’ थियो भने बुधबार कम्पनी रजिस्टारको कार्यालयमा न्युरो अस्पतालको नाममा देवकोटा थपेर ‘उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड अलाइड साइन्स’ दर्ता भएको छ। दर्ता भएसँगै कम्पनी रजिस्टारको कार्यालयले अस्पताललाई प्रमाणपत्र समेत उपलब्ध गराएको छ।
देवकोटाको नेतृत्वमा सन् २००६ अप्रिल १३ मा न्यूरो अस्पताल सञ्चालनमा ल्याएका थिए। वरिष्ठ न्युरो सर्जन डा. देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा सोमबार साँझ साढे ५ बजे निधन भएको थियो । देवकोटा पित्त नलीको क्यान्सरबाट पीडित थिए ।
६ महिनासम्म बेलायतमा उपचार गराएका देवकोटालाई त्यहाँका चिकित्सकले उपचार सम्भव नहुने बताएपछि वैशाख पहिलो साता नेपाल ल्याइएको थियो ।
उनको मंगलबार राजकीय सम्मानका साथ अन्तिम संस्कार गरीएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा