सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असार ४ । सोमबार विहान जापानको ओसाकामा ६.१ रेक्टरको शक्तिशाली भुकम्प गएको छ । भुकम्पमा मर्नेको संख्या तिन पुगेको छ भने ५० जना भन्दा बढि घाइते भएका छन् ।
जापानका प्रवक्ता एनएचकेले बताए अनुसार उक्त घटनामा ९ बर्षको बच्चा र दुई जना ८० को हाराहरीका पुरुषको मुत्यु भएको जनाएको छ । उक्त भुकम्प यती शक्तिशाली थियो कि जमिन मुनी गाडेको पाइप समेत फुटेको बताइएको छ ।
जापानी मौसम एजेन्सि (जेएमए) का अनुसार, भुकम्पको झट्का विहान ७ बजेर ५८ मिनेटमा महसुस गरीएको थियो भने यसको केन्द्र ओसाका प्रान्तको होन्शु भन्ने ठाउँमा भएको थियो ।
मौसम विभागले भने यसलाई लिएर कुनै पनि सुनामीको चेतावनी अहिलेसम्म दिइएको छैन ।
स्थानीय मिडियाको अनुसार यो नयाँ भुकम्पबाट ओसाका, शिगा, क्योतो र नारामा बुलेट ट्रेनसहित स्थानीय रेल सेवाहरु प्रभावित भएको छ । जापानको सरकारी एजेन्सिको अनुसार भुकम्पबाट यो क्षेत्रको १५ परमाणु संयत्रलाई प्रभावीत भएको कुनै पनि खबर प्राप्त भएको छैन ।
जापानी सरकार भुकम्पबाट प्रभावित क्षेत्रमा मानिसहरुको उद्धारकार्यमा जुटेको छ । भुकम्पबाट ओसाकामा लगभग १ लाख ७० हजार घरमा बिजुली आपुर्ति ठप्प भएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा