सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
२०१४ को विश्वकप च्याम्पियन जर्मनीलाई म्याक्सिकोले १–० गोलले पराजीत गरेको छ । आइतबार मस्कोको लुजिन्हकी स्टेडियममा जोरदार टसलको विच जर्मनीले विश्वकप २०१८ को १० औ म्याच अनतत हार स्विकारेको छ ।यो प्रतिस्पर्धासँगै दुबै टिमले फिफ विश्वकप २०१८ मा आफनो अभियान शुरुवात गरेको थियो ।
खेलको ३५ औ मिनेटमा चिचेरिटोले एक डिफेन्डरलाई छक्याउदै वायाँ तिर लोनाजोलाई पास दिए । लोनाजोले दायाँ खुटाले न्युअरलाई छक्याउदे बललाई जाली चुमाए र म्याक्सिकोको लागी हिरो बने जुन गोल नै यो म्याचको अन्तिम निर्णायक गोल पनि सावीत भयो ।
म्याक्सिको र जर्मनी विचको प्रतिस्पर्धा निकै रोमान्चक भयो । दुबै टिमले आफनो खेलको शैली यस्तो देखाए की फ्यानहरुले आँखा झिमकाउन पनि पाएनन् । पहिलो हाफमा म्याक्सिको र जर्मनीले गोल गर्ने मौका कैयौ पटक पाए तर दुबै टिमको गोलकिपरको प्रदर्शन निकै राम्रो रह्यो, जसले कैयौ पटक गोलको मौकालाई राम्रोसँग बचाए ।
विश्वकपमा जर्मनी शीर्ष टिम बनेर मैदानमा उत्रेको थियो किनभने फिफा र्याङकिङमा उ नम्बर १ मा छ ।
जर्मनीले पछिल्लो सात विश्वकपमा आफनो पहिलो म्याच अहिलेसम्म हारेको थिएन । तर आज उसको ३१ बर्षको रेकर्ड टुट्यो र आठौ विश्वकपमा उ म्याक्सिकोबाट १–० ले पराजित हुन पर्यो भने यता म्याक्सिकोले आफनो यात्रालाई भने कायम राखेको छ उसले पछिल्लो पाँच विश्वकपदेखी आफनो पहिलो खेल हारेको थिएन । उसले चार विश्वकपमा जित हासिल गरेको थियो भने एक विश्वकपमा बराबरी खेलेको थियो । र यो रेकर्डलाई निरन्तरता दिदै उसले छैटौ विश्वकपमा पनि अपराजित यात्रा कायम राखेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा