सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुवास संकल्प/ ईटहरी, असार ३ । धरानमा पहिलो पटक संचालन भैरहेको ‘चाईल्ड आईकन’ को ट्यालेन्ट राउन्ड यहि सनिवार सम्पन्न भएको छ । धरानको झन्डै २५ बढी स्कुलबाट ३०० को हाराहारीमा ‘चाईल्ड आईकन’ मा अडिसन दिन आएका स्कुले केटाकेटीहरुको अन्तरनिहित प्रतिभालाई प्रष्फुटन गर्दै ट्यालेन्ट राउन्ड सम्पन्न भएको हो । ट्यालेन्ट राउन्डमा यस आईकनको लागि अडिसनबाट आईकन हुने सम्भावना बोकेका ६५ जना केटाकेटीहरुले आफ्नो विभिन्न प्रस्तुति पस्किएका थिए ।
प्रशिक्षणकै क्रममा धरानस्थित गोरखा डिपार्टमेन्टको सभाहलमा एक कार्यक्रम गरि सम्पन्न गरिएको उक्त ट्यालेन्ट राउन्डमा २०० को हाराहारीमा अभिभावक लगायत दर्शकको उपस्थिति रहेको थियो । फाईनलका लागि छनौट भएका ६५ प्रतिष्पर्धीको यसअघि फोटोसुट पनि सम्पन्न भैसकेको छ । जिम्मेवार र असल नागरिक बन्नको लागि एक ब्यक्ति भित्र हुनुपर्ने गुणका साथै उनिहरु भित्र भएका प्रतिभालाई अझै निखार ल्याउन अहिले विभिन्न किसिमका प्रशिक्षण भैरहेको छ ।
चाईल्ड आईकनको यहि आउदो असार ९ गते २ बजेबाट धरानमै ग्राण्ड फिनाले हुदैछ । जसको लागि अहिले छानिएका ६५ मिस टुरिज्म नेपालका सेकेन्ड रनरअप सोयाश्री ब्रजाचार्य लगातले र्याम्प, व्यक्तित्व विकास, कोरियोग्राफी, सामाजिक सचेतना, बालमनोविज्ञान सवल बनाउने लगायतका विषयमा प्रशिक्षण दिइरहेका छन् ।
प्रतियोगितामा प्रतियोगीहरुलाई जुनियर प्रतियोगी र सिनियर प्रतियोगी गरी दुई छुट्टै समूह बनाई प्रशिक्षण दिइरहेको छ । यस्तै सहभागी सम्पुर्णले आफ्नो सामाजिक उत्तरदायित्व बहनका लागि धरानका असाहय बालबालिका तथा पुनर्स्थापना गृह धरानमा सहयोग पनि गरेको छ । सहभागीहरुले आफै आफ्नो साथिभाई तथा आफन्तहरू संग सहयोग संकलन गर्दै यस्तो कार्य गरेको हो । जसबाट एकजनालाई ‘बेस्ट सोसल सर्भिस अवार्ड’ समेत दिइने छ ।
यता प्रतिष्पर्धीको अभिभावकको प्रतिभालाई समेत ध्यानमा राख्दै २ दिने र्याम्पको प्रशिक्षण दिइदैछ । प्रशिक्षण पश्चात् सहभागी सम्पुर्णको मम्मीहरु पनि ग्राण्ड फिनालेमा एकसाथ स्टेज र्याम्प गर्दै उत्रिने छन् । उत्कृष्ट र्याम्पलाई जर्ज गर्दै ‘बेस्ट प्यारेन्ट्स अवार्ड’ समेत दिइने छ । मिडियाल्यान्ड काठमाडौले आयोजना गरेको यो आईकनमा ६५ प्रतिष्पर्धी मध्ये बिजेताले विभिन्न पुरस्कार साथै अन्तर्राष्ट्रिय स्तरको चाईन्ड आईकनमा सहभागी हुने मौका पाउने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा