सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विश्वकप २०१८ को ग्रुप सि अन्तर्गतको फा्रन्स र अष्ट्रेलिया विचको खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ गोलले पराजीत गरेको छ । छैटौ वल्र्डकपको रुपमा सहभागी अष्ट्रेलिया जितसँग आफनो शुरुवात गर्न चाहन्थ्यो भने फ्रान्सले आफनो विश्वकपको शुरुवात जितबाट गरेको छ । काजन अरिना स्टेडियममा भएको खेलमा फ्रान्सको मजबुत युवा टिमको अगाडी अष्ट्रेलियाले आफनो दम देखाए पनि अन्तिम १० मिनेटमा पाल पोग्बाको एक अदभुत गोलले उसलाई म्याचबाट बाहिर गर्यो ।
पहिलो हाफमा दुबैतर्फबाट आक्रमक खेल खेले पनि गोल भने गर्न सकेका थिएनन् । अष्ट्रेलियन खेलाडी को गल्तीको कारण दोस्रो हाफमा ग्रीजम्यान लाई चोट लाग्यो र रेफ्रीको सही डिसिजन नमिल्दा फ्रान्सको फुटबल ईतिहासमा पहिलो रिभ्यु लियो र अंपायर रिब्युपछि फ्रान्सलाई पेनाल्टी मिल्यो । खेलको ५६ औ मिनेटमा पेनाल्टिको फाइदा उठाउदै ग्रीजम्यानले शानदार गोल गर्दे फ्रान्सलाई शुरुवाती अग्रता दिलाए ।
त्यसको ४ मिनेटमै उमतितिको हेडबलको कारण अष्ट्रेलियालाले पेनाल्टि पायो र येडिनैकले शानदार किक हान्दै गोल गरे र खेल १–१ मा पुर्याए ।
८१ औ मिनेटमा स्टार स्ट्राइकर पाल पोग्बाले फ्रान्सको लागी निर्णायक गोल गरे । युवा खेलाडी म्बाप्पेको शानदार वन टच पासलाई पोग्बाको पास सुट लिने मौका हुदा हुदै पनि बल क्रसबारबाट टकरायो र गोललाईनमा लागेर फर्कियो । रिप्लेमा हेर्दा उक्त गोल एक भाग्यशाली गोल थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा