सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असार २ । सलमान खानको फिल्म ‘रेस ३’ शुक्रबार यानी १५ जुनमा रीलीज भएको थियो । केही दर्शकहरुले फिल्म धरै राम्रो भएको बताएका छन् भने केहीले फिल्मबाट निराश भएको प्रतिक्रिया दिएका छन् । सोशल मिडिया युजर्सले फिल्मलाई ट्रोल पनि गरेका छन् । फिल्मको पहिलो दिनको कमाई अगाडि आएको छ ।
क्रिटिक्सले फिल्मले पहिलो दिन ३२ करोड भारु कमाउने अनुमान गरेका थिए तर यस्तो नभई फिल्मले पहिलो दिन २९ करोड भारुको कमाई गरेको ट्रेड एनालिट तरण आदर्शले ट्विट गर्दे जानकारी दिएका छन् भने कुनै कुनै एनालिस्टले २७ करोड कमाएको बताएका छन् ।
#Race3 records a GIGANTIC START, despite pre-Eid making a dent in its business… Emerges the BIGGEST OPENER of 2018 [so far]… Fri ₹ 29.17 cr. India biz… With #Eid festivities commencing today [Sat], #Race3 is expected to post MASSIVE NUMBERS.
— taran adarsh (@taran_adarsh) June 16, 2018
योसँगै यो बर्ष २०१८ को पहिलो दिन सबैभन्दा बढि कमाई गर्ने फिल्म ‘रेस ३’ बनेको छ । यो भन्दा पहिला फिल्म रनविर सिंह र दिपिकाको फिल्म ‘पद्मावत’ ले पहिलो दिन नै २५ करोड भारु कमाएको थियो । फिल्ममा सलमान खानको लगाएत बबी देओल, अनिल अपुर, ज्याकलिन फर्नानडिज र डेजी शाहले अभिनय गरेको मल्टिस्टार फिल्म हो ।
अबर अनुसार फिल्मलाई ४००० स्क्रीनमा रिलिज भएको छ । फिल्मको बजेट १५० करोड भारु बताइएको छ । फिल्मलाई हिट हुनको लागी कम्तिमा २०० करोड कमाउनु पर्ने हुन्छ ।
यद्यपी सलमान खानको फिल्म भएको कारण यो भन्दा राम्रो कमाई गर्ने अनुमान गरिएको छ ।
यो भन्दा अगाडि नै फिल्मको स्याटलाइट राइट्स १३० करोडमा विकिसकेको छ । सलमान खानको यसअघि रिलिज भएको फिल्म ‘टाइगर जिन्दा हे’ ले ३३९ करोड भारु कमाएर बक्स अफिसमा तहल्का मच्चाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा