सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ मा स्पेन विरुद्ध ह्याट्रिक गर्दे आफनो टिमलाई हारबाट बचाउने रियल मड्रिडका पोर्चुगली फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो ले स्पेनिश ट्याक्स अथोरीटिसँग सम्झौता गर्दे दुई बर्षको जेल र २ अरब ३० करोड रुपैयाको जरिवाना दिन स्विकार गरेका छन् । उक्त जानकारी शुक्रबार स्पेनिश अखबार एल मुंडोमा प्रकाशित खबरले जनाएको छ ।
रोनाल्डो यो केसमा जेल जाने छैनन् किनभने स्पेनको कानुन अनुसार दुई बर्षको सजायमा जेल जान पर्देन तर यो दौरान उनले दोहराएर उक्त गल्ती गरे नगरेको भने निगरानी गरीनेछ ।
३३ बर्षिय पोर्चुगलका खेलाडीमाथि एक अरब २६ करोड रुपैयाको ट्याक्स चोरी गरेको आरोप छ ।
उक्त घटनाको बिषयमा भने रोनाल्डोको अहिलेसम्म कुनै धारणा सार्वजनिक भने भएको छैन भने स्पेनिश ट्याक्स एजेन्सिले पनि उक्त विषयमा कुनै पनि औपचारिक धारणा सार्वजनिक गर्न मानेको छैन । स्पेनिश अदालतले कैयौ स्टार फुटबलरहरु माथि ट्याक्स चोरी गरेको आरोपमा कडा रुपमा प्रस्तुत भएको छ । बार्सिलोनाका लियोनल मेसी माथि पनि २०१७ मा ट्याक्स चोरी घटनामा २१ म्हिनाको सजाए सुनाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा