सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मैदान वाहिर रहेको कैयौ विवादलाई किनारा लगाउदै ईरानी टिम शुक्रबार जब विश्वकपको आफनो पहिलो म्याचमा मोरक्को विरुद्ध मैदानमा उत्रनछन् तब उनीहरुको लक्ष्य जीतसँग विश्वकपको शुरुवात गनुपर्ने हुन्छ । उसको दुबै मैत्री म्याच रद्ध गरीदिइएको थियो र प्रचलीत कम्पनिले उसलाई किट दिन बाट अस्विकार गरेको थियो ।
यद्यपी कोच कार्लोस कुइरोजका अनुसार नाइकीको उनको टिमलाई विश्वकप किट नदिने फैसलाले खेलाडीहरु एकजुट भएका छन् । यसको फाइदा उनीहरुलाई मैदानमा मिल्नेछ । नाइकीले भनेको थियो कि ईरान विरुद्ध अमेरीकी प्रतिबन्ध लागीरहेको बेला उनीहरुलाई फुटबलको जुत्ता प्रदान गर्नबाट अस्विकार गरेको थियो ।
ईरान
सरदारः मो सलाह को अनुपस्थितिमा २३ बर्षिय युवा स्ट्राइकर सरदार अजमोह माथि टिम निर्भर रहनेछ । आफनो फुर्तिको लागी मशहुर सरदार ले मात्र ३३ म्याचमा ईरानको लागी २३ गोल हानी सकेका थिए ।
करीमः २८ बर्षिय फरवार्ड करीम पनि शानदार फर्म मा छन् । उनले ईरानको लागी ६४ म्याचमा १७ गोल गरेका छन् ।
मोरक्को
मेधी बेनातिया : ३१ ब्र्षिय कप्तान मेधी माथि टिम निर्भर छ । उनले टिमलाई विश्वकपको लागी क्वालीफाई गराउन अहम भुमिका निभाएका थिए । यी सेन्टर बेकले ५६ म्याचमा स्वयमले २ गोल गरे भने साथीहरुलाई गोल गर्न अहम भुमिका खेल्छन् ।
अयुब अल काबीः २४ बर्षिय अयुब एल काबी माथि सबैको आँखा परेको छ । यी युवा फरवार्डले मात्र ९ म्याचमा मोरक्कोको लागी ११ गोल गरेका छन् ।
विश्वकप फ्ल्यास ब्याकमा ईरान
फिफा र्याङकिङ: ३७
विश्वकपमा सहभागीताः १९७८,१९९८,२००६,२०१४
म्याचः १२, जितः १, ड्रः ३, हारः ८, गोल हानेकोः ७, गोल खाएकोः २२
विश्वकप फ्ल्यास ब्याकमा मोरक्को
पिफा र्याङकिङ : ४१
विश्वकपमा सहभागीताः १९७०, १९८६, १९९४, १९९८
म्याचः १३, जितः २, ड्रः ४, हारः ७, गोल हानेकोः १२, गोल खाएकोः १८
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा