सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पिफा विश्वकप २०१८ को पहिलो ओपनिङ खेलमा रुसले साउदी अरबलाई ५–० को फराकिलो गोल अन्तरले पराजीत गरेको छ । रुसको लागी डेनिस चेरीशेवले सर्वाधिक दुई गोल गरे । गाजिन्स्की। जियुबा र गोलवोलिनले एक–एक गोल गरे ।
२०१८ को पहिलो गोल रुसका युरी गाजिन्स्कीले गरेका छन् । उनले अब्दुल्लाह अल मायोफलाइृ छक्काउदै दाया पटि हेडरद्धारा बललाई जाली चुमाएका हुन् ।
त्यस्तै रुसको लागी दोस्रो गोल चेरीशेवले गरेका छन् उनले खेलको ४३ औ मिनेटमा रुसको लागी दोस्रो गोल गरेका हुन् भने यो उनको अन्तराष्ट्रिय करियरमा पहिलो गोल हो । उनले साउदी अरबका तीन डिफेन्डरलाई छक्काउदै करिब १२ यार्ड बाट शानदार गोल गरेका छन् । चेरीशेवको अगाडी साउदी अरबका दुई डिफेन्डरले डाइफ पनि हाने तर सकेनन ।
त्यस्तै रुसको लागी तेस्रो गोल आर्टेम जियुबाले खेलको ७१ औ मिनेटमा गरेका छन् । रुसका कोचले एलेक्सेन्डर गोलेविनको ठाउँमा आर्टेम जियुबालाई मौका दिएको पहिलो टचमै जियुबाले गोल गरेका हुन् ।
खेलको ९० १ मिनेटमा डेनिस चेरीशेवले यो म्याचमा ब्यक्तिगत दोस्रो तथा टिमको लागी ४ औ गोल गरे ।
त्यस्तै ९० ५ मिनेटमा रुसको लागी पहिलो म्याचमा एकमात्र पहेलो कार्ड पाएका एलेक्सेंडर गोलवोलिनले फ्रि–किक मार्फत गोल गर्दे रुसलाई ५–० को गोल अन्तरले विजयी गराए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा