सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बागलुङ, जेठ ३१ । जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घुस्मेली काँक्राखोरदेखि ताराखोला गाउँपालिकाको कार्यालय जाँदै गरेको ग १ ज ६०३४ नम्बरको जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ।
दुर्घटनामा परी मृत्यु हुनेहरुमा ताराखोला गाउँपालिका – ३ का वडा सदस्य समेत रहेका २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका अन्दाजी ५४ वर्षीय हरिराम गिरी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले बताए।
दुर्घटनामा जीपका चालक ताराखोला -३ का डम्बरबहादुर घिमिरे र अन्दाजी ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाईते भएका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा