सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दशैंमा रिलिज हुने फिल्म ‘जय भोले’को पहिलो गीत रिलिज गरिएको छ । ‘उम्लियो भने पोखिन्छ’ बोलको गीतमा नायिका स्वस्तिमा खड्का, सलोन बस्नेत, सौगात मल्ल, खगेन्द्र लामिछाने, बुद्धि तामांग, राजाराम पौडेल, जयनन्द लामा लगायतले आकर्षक नृत्य प्रस्तुत गरेका छन् ।
राजनराज सिवाकोटप्को संगीत, शब्द तथा स्वर रहेको गीतमा मेलिना राईको फिमेल भोकल छ भने कोरियोग्राफी वरिष्ठ कोरियोग्राफर बसन्त श्रेष्ठले गरेका छन् ।
अशोक शर्माको निर्माण तथा निर्देशन रहेको फिल्म ‘जय भोले’को बिहिबार भव्य कार्यक्रम गर्दै पहिलो गीत रिलिज गरिएको हो ।
भिडियो हेर्नुस् :
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा