सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पाहुना टोली साउदी अरब र आयोजक रुस बीच विहिवार विश्वकपको भिडन्तसँगै करीब १ महिनासम्म चल्ने फुटबलको महाकुम्भ शुरु हुनेछ । विश्वकप ईतिहासमा यो सायद पहिलो हुनपर्छ जो उदघाटन समारोहमा दुई कमजोर देश प्रतिस्पर्धा गर्नेछन् । रुस विश्व बरियतामा ७० औ स्थानमा छ भने साउदी अरब ६७ औ स्थानमा । दुबै देश अगिल्लो चरणमा पुग्ने सम्भावना निकै कम रहेको छ ।
ग्रुप ए को अन्य दुई टिम ईजिप्ट र दुई पटक विश्वकप जितिसकेको उरुग्वे पनि रहेको छ । रुसले पछिल्लो सात वटा म्याचमा कुनैमा पनि जित हासिल गर्न सकेको छैन । उसले दुबै अभ्यास म्याचमा ब्राजील र फ्रान्ससँग हार ब्यहोरेको थियो । उता साउदी अरबले जर्मनीलाई २–१ ले हराएको थियो जसले गर्दा उसको मनोबल केही बढेको छ ।
रुसले मैत्रीपुर्ण खेल खेलेर गर्यो विश्वकपको तयारी
आयोजक रुसले प्रतियोगीतात्मक खेल खेल्न परेन भने मैत्रीपुर्ण खेल खेलेर नै विश्वकपको लागी आफनो तयारी गरेको थियो । रुसले कोकरीनको अनुपस्थितिमा एलेक्सी मीरानचुक लाई टिममा ल्याएर उसले स्पेन र फ्रान्समाथि जित दिलाउनमा अहम भुमिका निभाएको थियो । कोच चेरचोसोले टिमलाई एकजुट गर्न र टिमलाई उत्साह बढाउन पुरा प्रयास गरेका छन् । उ आयोजक भएको नाताले विश्वकप खेल्ने मौका पाएको हो ।
क्वालीफाई भएर आएको हो साउदी अरब
यता साउदी अरबले क्वालीफाईको मद्यतले विश्वकप खेल्ने मौका पाएको हो । उसले जापान र अष्ट्रेलिया जस्तो मजबुत टिम विरुद्ध शानादार प्रदर्शन गरेको थियो । तर पनि उसको यो तयारी खासै राम्रो भने रहेन । क्वालीफाई गराउन अहम भुमिका निभाउने कोच बार्ट वान विज्कलाई फेडरेशनले कोचबाट हटाएको छ । पछिल्लो पाँच महिनादेखी टिमसँग जोडिएका कोच जुआन एंटोनियो पीज्जीको सबैभन्दा ठुलो समस्या टिमलाई अन्तराष्ट्रिय अनुभव दिलाउन नसक्नु हो ।
मोहम्मद अल साहलावी : साउदीका तीस बर्षिय यी स्ट्राइकर म्यानचेष्टर युनाइटेडबाट तिन हप्ताको प्रशिक्षण लिइसकेका छन् । यसले उनको खेल कौशलमा राम्रो सुधार आएको छ । उनले क्वालिफाइंग टुर्नामेन्टमा १६ गोल हान्दै टिमलाई ड्रमा पुर्याउनमा अहम भुमिका निभाएका थिए । उनले ४० म्याचमा २८ गोल गरेका छन् ।
फेडोर समोलोव : फेडोरको यदि जादु चलेमा रुसले नकआउटमा ठाउँ बनाउन सक्दछ । २८ बर्षिय यी फरवार्ड आफनो टिमको सबैभन्दा आशालाग्दा खेलाडी हुन् । उनी रुसी लीगमा क्रासनोडोर क्लबको लागी खेल्दछन् । उनले ३१ म्याचमा १२ गोल गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा