भर्खरै

फिफा विश्वकप इतिहासको सबैभन्दा भावुक दिन, जब जीतेर पनि हार्नेछन् यी स्टार खेलाडी


 July 5, 2018     सेतो खबर

फिफा विश्वकपमा राउण्ड अफ १६ को चरण सकिएसँगै ८ वटा टिमविच अब क्वार्टर फाईनल खेल हुनेछ । राउण्ड अफ १६ मा आठ टिमलाई वाहिर गरेसँगै पाँच पटकको विश्वकप च्याम्पिउन ब्राजील लगाएत इङ्गल्याण्ड, बेल्जियम, क्रोएशिया, उरुग्वे, स्वीडेन, फ्रान्स र आयोजक रुस ले क्वार्टर फाइनलमा प्रवेश गरेका छन् ।

अब यो स्टेजको पहिलो प्रतिस्पर्धा शुक्रबार फ्रान्स र उरुग्वे विच हुनेछ । दुबै टिम मध्ये जुन टिम हार्ने छ फिफा विश्वकपमा उसको यात्रा यही समाप्त हुनेछ । हार जीत भन्दा धेरै यो म्याच फ्रान्सका स्टार खेलाडी एंटोइन ग्रीजम्यानज को भावनात्मक सम्बन्धसँग गाँसिएको छ ।

यो म्याचमा फ्रान्स जितेमा वा हारेमा जे भए पनि ग्रीजम्यान माथी दुखको पाहाड खस्ने निश्चित छ । ग्रीजम्यान आधा फ्रान्सेली त आधा उरुग्वेयिन हुन् । ग्रीजम्यानको बाल्यकाल फ्रान्समा बितेको थियो तर उनको लालनपालन उरुग्वेको राजधानि मोन्टेभिडियो भन्दा ५०० किलोमिटर टाढा सैल्टोमा भएको थियो ।

उरुग्वेका स्टार खेलाडी लुइस सुआरेज र एडिसन कवानी को जन्म पनि यही शहरमा भएको थियो । यहासम्म कि ग्रीजम्यानको फुटबल करियरको शुरुआत पनि यही ठाउँबाट भएको थियो । ग्रिजम्यानले उरुग्वेको अकेडमी पेनारोल सँग आफनो फुटबल करियरको शुरुवात गरेका थिए ।

यस्तैमा विश्वकपमा आफनो दोस्रो देशलाई हराउनु ग्रिजम्यानको लागी सहज होला । मैदानमा उनको एकातर्फ जहाँ देशको जितको खुशीयाली हुनेछ भने दोस्रोतर्फ आफनो जवानीका रमाइलो पलहरु प्नि गुञ्जीरहेको हुनेछ ।

LIC
LIC



Ime Inside