सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ ३०। चौथो विश्व योग दिवस नेपालमा भव्यताका साथ मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा १२९ सदस्यीय मूल समिति गठन भएको छ । मन्त्रालयमा आज आयोजित मूल समितिको पहिलो बैठकमा यस क्षेत्रका सरकारी, सामाजिक क्षेत्रका व्यक्ति, संस्था एवं विद्यालयलाई परिचालन गरी उक्त दिवस मनाउने निर्णय भएको हो । समितिमा सम्बद्ध क्षेत्रका पदाधिकारीको प्रतिनिधित्व छ ।
मन्त्री पोखरेलले योग र ध्यानलाई केन्द्रमा राखेर अभियानका रुपमा दिवस मनाउन आग्रह गर्दै योग एक खोजमूलक अनुसन्धानसमेत भएकाले आधुनिक जीवनशैलीले ल्याएको परिवर्तनलाई अनुकूल बनाउन योगको महत्व हुने बताए । उनले योगलाई जीवनोपयोगी शिक्षा र स्वास्थ्यसँग जोड्दै विद्यालय तहदेखि योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिए ।
बैठकका सहभागीहरुले सरकारी निकाय भित्रैबाट योग र अभ्यास बढाउनुपर्ने, थकान र तनाव मेट्ने उपाय अवलम्बन गर्नुपर्ने, सञ्चार माध्यमबाट प्रचार–प्रसार गर्नुपर्ने, सम्बन्धित संस्थाहरुबीच समन्वय हुनुपर्ने, साताव्यापी रुपमा दिवस मनाइनुपर्ने सुझाव दिएका थिए ।मूल समितिले विभिन्न उपसमितिसमेत गठन गरेको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा