सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३०। नयाँ शक्ति पार्टी, नेपालको स्थापना दिवसको अवसर पारेर बुधबार आयोजित कार्यक्रममा संयोजक डा. बाबुराम भट्टराईले पार्टी छोडेर गएकाहरुलाई घर फर्कन आहृवान गरेका छन् ।
‘साथी हो घर फर्कनुहोस्, सधैं ढोका खुला रहनेछ’ उनले भने, ‘वैकल्पिक राजनीतिक शक्ति बन्ने र तेस्रो ध्रुवको नेतृत्व गर्ने पार्टी नयाँ शक्ति नै हो।’ नयाँ शक्ति निर्माणको लागि दुई वर्षअघि बिउ रोपेको बताउँदै भट्टराईले धान, मकै केही समयमै फल्ने तर आँप फल्न समय लाग्ने बताए।
‘नयाँ शक्ति हुर्कन समय लाग्छ।
आँप फल्न समय लागेजस्तै। हामी ठीक ठाउँमा छौं। चुनावमा अपेक्षित मत हासिल नभएकै हो’ उनले भने। नयाँ शक्ति छाड्नेहरूलाई भट्टराईले भूसको संज्ञा दिए। ‘भूस रोप्यो भने उम्रदैन। रातारात ठगेर अर्बपति बन्ने चाहना हाम्रो थिएन।
मानव जातिको भलाइलाई राजनीति गर्नुपर्छ’ भट्टराईले भने, ‘हामीसँग केही साथी झुक्किएर आउनु भएछ। उहाँहरूलाई लागेको रहेछ बाबुरामको पछि लागेपछि तुरुन्तै सत्तामा जान पाइन्छ तर त्यस्तो नहुने भएपछि उहाँहरू भाग्नुभयो।’
आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको, अरु सबै पार्टी यथास्थितिवादी भएको उनको दाबी छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा