सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ३० । ३८ सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनेको गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले काठमाडौंको विभिन्न ठाउँमा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टमा छापा मारेको छ ।
रेस्टुरेन्टका मालिक चेतन भण्डारी फरार छन् । समिति स्रोतका अनुसार अनामनगर, स्रोहखुट्टे, सामाखुसी, बत्तिसपुतली, कमलपोखरी र गैरीधारास्थित बाजेको सेकुवाको शाखामा छापा मारेर शिलबन्दी गरिएको हो ।
मोरङ जिल्ला अदालतमा बाजेको सेकुवा रेष्टुरेन्टका मालिक भण्डारीलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा