सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकपको २१ औ संस्करण १४ जसनदेखी रुसमा शुरु हुन गईरहेको छ । यही विचमा आगामी विश्वकपको लागी अफिसियल गित पनि रिलिज भईसकेको छ । फिफा विश्वकप २०१८ को अफिसियल गितको भिडियो शुक्रबार अमेरीकाको प्रसिद्ध गायक निकी जैमले आफनो युट्युब च्यानलमा पोष्ट गरे ।
सोशल मिडियामा यो गीत अपलोड भएको १ घण्टा भित्र नै ७०,००० भन्दा बढि मानिसहरुले यसलाई हेरेका थिए भने यो गितको भिडियो रिलिज भएको आज जुन १२ मा १ करोड ५० लाख भन्दा बढिले हेरीसकेका छन् । फिफा विश्वकपको लागी यो गीतलाई अमेरीकी प्रसिद्ध तथा डिजे र गीतकार डिप्लोले बनाएका हुन् । यो गीतलाई अमेरीकाको प्रसिद्ध गाएक निक्की जैम र अल्बनियान सिंगर इस्तरेफीले आफनो आवाजले सजाएका छन् ।
यी दुईको साथै यो गीतमा ब्राजीलको नेशनल फुटबल टिमका पुर्व कप्तान फुटबलर रोनाल्डीन्होको अलावा बलिउड अभिनेता विल स्मिथ पनि देखिएका छन् । पछिल्लो खबर अनुसार १५ जुलाईमा लुझनिकी स्टेडियममा फिफा विश्वकप २०१८ को फाइनलमा यी स्टारहरु एकसाथ यही थिम गित लाखौ फ्यानहरुको अगाडी गाउनेछन् ।
यद्यपी १४ जुनदेखी १५ जुलाई सम्म फिफा विश्वकप २०१८ को २१ ऋौ संस्करण रुसमा खेलीनेछ । यो पटक विश्वकपमा कुल ३२ टिमले भाग लिएका छन् जसलाई ८ वटा गु्रपमा बाटिएको छ । प्रत्येका गु्रपमा ४–४ वटा देशलाई राखिएको छ । यो पटक करौडौ फ्यानहरुले चाहेको टिम इटाली यो पटक फिफा विश्वकपमा क्लीफाई हुन सकेको छैन ।
यस्तो छ रुस विश्वकप २०१८ को अफिसियल गितको भिडियो
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा