सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा, जेठ २७ । प्रदेश नं ४ को आज बसेको प्रदेशसभाबैठकको शुरुमा नै प्रदेशसभामा पहिले टेबुल भएका विधेयक र प्रस्ताव पहिले नै छलफल गरी टुंग्याउनुपर्ने मागसहित काँग्रेसले सभा अवरोध गर्यो।
काँग्रेसले प्रदेशको नामका बारेमा पहिले निर्णय गरेरमात्रै बैठक अघि बढाउन आग्रह गरेको छ । विसं २०७४ चैत १२ गते गठित नामांकन तथा प्रदेश राजधानी सुझाव संकलन समितिले जेठ २१ गतेको बैठकमा उपयुक्त नामलाई प्राथमिकीकरण गरी प्रदेशसभामा प्रतिवेदन बुझाएको थियो ।
काँग्रेसले नियतबस नामका विषयमा छलफल नचलाइएको भन्दै सभामै नाराबाजी समेत गरेको थियो । प्रदेशसभाको गरिमा राख्नुपर्ने मागसहित नाराबाजी गरिएपछि आधा घण्टाका लागि संसद् स्थगित गरिएको छ ।
दिउँसो २ बजेका लागि बोलाइएको बैठक दलबीच सहमति जुट्न नसकेपछि ५ बजे मात्रै बैठक शुरु भएको थियो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा