भर्खरै

क्रिष्टियानो रोनाल्डो


 June 9, 2018     सेतो खबर

पोर्चुगल भन्ने वित्तिकै आउने नाम हो स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो । क्लब प्रतिस्पर्धामा सबैजसो उपाधि उचालिसकेका ३३ वर्षे रोनाल्डोको यो अन्तिम विश्वकप हुने अनुमान गरिएको छ । यसैले उनको ध्यान रसिया विश्वकपमा टिकेको छ ।

उनले यो सिजन रियल मडि्रडबाट खेलेका ४९ खेलमा ५० गोल गरेका छन् । पाँच पटकको बालोन डि’ओर विजेता उनले गएको एक दशकदेखि फुटबल जगतमा प्रभाव पारीरहेका छन् । यसपटक उनले पाँच पटक च्याम्पियन्स लिगको उपाधि जित्ने कीर्तिमान पनि बनाए ।

यो सिजन च्याम्पियन्स लिगमा १५ गोल गरेका रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता पनि बने । यसैले त्यही लय विश्वकपमा जारी रहे पोर्चुगलले दाबेदारी पेश गर्ने छ । च्याम्पियन्स लिगमा १२० गोल गरेका उनी च्याम्पियन्स लिग इतिहासकै सर्वाधिक गोल कर्ता पनि हुन् ।

रोनाल्डोले विश्वकपमा खेलेका १३ खेलमा तीन गोल गरेका छन् । दुई गोलका लागि अवसर सिर्जना गरेका छन् । रोनाल्डोले अहिलेसम्म क्लब र देशबाट गरेर खेलेका ९१० खेलमा ६५४ गोल गरेका छन् । उनले २०७ गोलको अवसर बनाएका छन् ।

सन् २००६ को विश्वकपमा रोनाल्डोसहितको पोर्चुगल फ्रान्ससँग सेमिफाइनलमा १-० ले हारेको थियो । सन् २०१० मा अन्तिम १६ को खेलमा स्पेनसँग १-० ले हार्‍यो । सन् २०१६ मा समूह चरणबाटै बाहिरिएको थियो ।

रोनाल्डोले गएका वर्षभन्दा यसपटक आफूमा धेरै परिवर्तन गरेका छन् । उनको भूमिका ‘पेनाल्टी बक्स फिनिसर’को हुने भन्दै गरिने आलोचनामा उनी खरो रुपमा उत्रिएका छन् र उत्कृष्ट गोलहरु गरेका छन् । यसैले विश्वकपमा पनि त्यसको निरन्तरतामा उनी विशेष चनाखो छन् ।

LIC


थप अंक तालिकाहरु हेर्नुहोस>>

Ime Inside