सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
फिफा विश्वकप २०१८ को लागी मेक्सिको टिमले टुर्नामेन्टको लागी प्रस्थान गनु भन्दा पहिला उत्कृष्ट पार्टी गरे । यो विवादित विदाई पार्टीमा ३० जना कलगर्ल्सहरु पनि सहभागी भएका थिए । पछिल्लो समय मिडियामा आएको खबर अनुसार मेक्सिकोको विश्वकप टिमको ९ जना सदस्यले त्यहाँ निजि कोठामा कैयौ कलगर्ल्ससँग मस्ति गरे ।
उक्त पार्टीको दौरान यी खेलाडीहरुले कलगर्ल्सहरुसँग खिचिएको तस्विर पनि मिडियामा आयो जसले धेरै विवाद सृजना गरेको थियो ।
यो पार्टीको बारेमा सोधपुछ गर्ने क्रममा म्याक्सिको फुटबल टिमको अधिकारीहरुले बताए अनुसार “यी खेलाडीहरुलाई कुनै सजाय दिइनेछैन किनभने यी खेलाडीहरुले उक्त पार्टी खेल समयभन्दा बाहिर खाली समयमा गरेको थिए” ।
जब यो खबर मिडियाबाट बाहिर फैलियो तब म्याक्सिको फुटबल महासंघका महासचिव गुइलेरमो कांटुले खेलाडीहरुको यो पार्टी पछि फैसला सुनाउदै भने “खेलाडीहरुलाई दण्ड दिइनेछैन, किनभने उनीहरुले आफनो अभ्यास छोडेका छैनन्, खाली समयमा उनीहरु जे गर्न पनि स्वतन्त्र छन् “।
यो पार्टीमा उपस्थित खेलाडीहरुमा स्ट्राइकर राउ जिमेनेज र गोलकिपर गुइलेरमो ओचोआ पनि सहभागी थिए । म्याक्सिको खेलाडीको यस्तो किसिमको हर्कत यो नै पहिलो भने होइन यो भन्दा अगाडि पनि म्याक्सिकोका खेलाडीहरुले यस्ता कलगर्ल्सहरुसँग पार्टी गरीसकेका छन् । जसको कारण उनीहरुलाई सजाय पनि दिइसकेको छ । सन २०१० को डिसेम्बरमा पनि म्याक्सिकोका खेलाडीहरुले महिलाहरुसँग पार्टी गरेका थिए जसको कारण यी खेलाडीहरुलाई प्रतिबन्ध तथा जरिवाना लगाइएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा