सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ २३ । एडी रिलिज र जगदम्बा मोटर्स विच गायन रियालिटि शो ‘भोईस अफ नेपाल’ को टाइटल स्पोनसर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आज एक कार्यक्रमका विच ललितपुर झम्सिखेलको मोक्षमा भएको सम्झोतापत्रमा एडी रिलिजको तर्फबाट प्रवन्ध निर्देशक हरी सुवेदी र जगदम्बा मोटर्सको तर्फबाट भाइस प्रिसिडेन्ट दिपक अग्रवालले हस्ताक्षर गरेका हुन् ।
जगदम्बा मोटरर्सले यसअघि ‘द भोईस अफ होल्याण्ड’ नेदरल्यान्डमा मूल सिर्जना र प्रसारण गरेको थियो । नेपालमा भने पहिलो पटक यो कार्यक्रम ‘भोईस अफ नेपाल’ नाम गरेर प्रसारण हुन लागेको हो ।
आयोजकले यस कार्यक्रम मार्फत अज्ञात युवा नेपाली प्रतिभा (एकल, युगल, पेशावर र शौकिया) लाई चिनाउने र सम्मानित गर्ने लक्ष्य राखेको बताएको छ । प्रतियोगीहरुले आफुले गाउन चाहेको भाखा तथा शैलीमा गीत गाउन सक्नेछन् ।
पहिलो सिजनमा कुल ३० एपिसोडहरु लाईभ टेलिभिजनमा प्रसारन हुने छन जसमा चार राउन्ड Blind Auditions, Battle Rounds, Knockouts र Grand Finale हुनेछ।
उक्त कार्यक्रमलाई लक्ष्मण पौडेलले निर्देशन गर्नेछन भने प्राविधिक पक्षलाई फिरोज तिमल्सिनाले हेर्नेछन् ।
कार्यक्रमको निर्णायक मण्डलमा दिप श्रेष्ठ, प्रमोद खरेल ,अभय र सनुप पौडेल रहेका छन् ।
‘भोईस अफ नेपाल’ कान्तिपुर एचडि र रमाइलो टिविमा शनिबार र आइतबार बेलुका ९ बजेदेखी १० बजेसम्म प्रसारण हुनेछ । कार्यक्रम आउदो श्रावणको पहिलो हप्ता देखि चार महिना सम्म लगातार चल्ने छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा