सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
नेपाली फिल्मका सुपरस्टार अनमोल केसी बलिउडमा इन्ट्री मारेका छन् । भारतको ‘हमारा महानगर’ पत्रिकाले ‘नेपाली सुपरस्टार अनमोल केसीको बलिउडमा ईन्ट्री’ शिर्षकमा एक समाचार प्रकाशन गरेको छ । अनमोल केसी अचेल आफू अभिनीत छैठौँ फिल्म ‘क्याप्टेन’ को छायांकनमा व्यस्त छन् ।
उनले हालैमा भारतको सुप्रशिद्ध म्यूजिक कम्पनी ‘वल्डवाईड रिकाड्र्स प्रा.ली’ ले निर्माण गर्न लागेको एक हिन्दी फिल्म साइन गरेका छन् ।
नाम तय नभएको उक्त फिल्म भारत र नेपालबाहेक ७४ देशमा प्रदर्शन हुने समाचारमा उल्लेख छ ।
यो पत्रिकाको समाचार अनमोलले आफ्नो आधिकारिक फेसबुकमा पनि शेयर गरेका छन् ।
On my way..Ticket to Bollywood 😇
Posted by Anmol Kc on Tuesday, June 5, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा