भर्खरै

फिफा विश्कप २०१८ : १६ बर्षपछि विश्वकपको शिर्षक हात पार्न चाहन्छ ब्राजील


 June 5, 2018     सेतो खबर

ब्राजीलको टिम फिफा विश्वकपको इतिहासको सबैभन्दा सफल टिम हो । उ अहिलेसम्म भएको विश्वकपको सबै संस्करणमा भाग लिने विश्वको एउटा मात्र टिम हो । उसले सबैभन्दा बढि पाँच पटक विश्क कपको शिर्षक जित्न पनि सफल भएको छ, भने उसले आफनो पछिल्लो विश्वकपको शिर्षक २००२ मा जितेको थियो ।

यस्तैमा ब्राजील रुसमा हुन गईरहेको विश्वकपमा आफनो छैठौ शिर्षक जीतेर १६ बर्षदेखी खडेरीमा पानी पार्न चाहन्छ । यद्यपी, पछिल्लो २०१४ विश्वकप ब्राजीलको आफनै घरेलु मैदानमा भएको थियो र त्यसमा उसले चौथो स्थानमा नै चित्त बुझाउनु परेको थियो ।

यस्तो छ खेलाडी संयोजन
हरेक कोच आफनो टिमलाई अलग अलग फम्याटमा खेलाउन रुचाउछन्, कोई ४–३–३ मा, कोई ४–२–३–१ म, त कोई ४–४–२ को फरम्याटमा खेलाउन रुचाउछन् । जहाँसम्म टिम कम्बिनेशनको कुरा छ ब्राजीलीयन कोच टेटेले ४–२–३–१ को फरम्याटमा आफनो टिमलाई खेलाउन सक्नेछन् । यानी चार डिफेन्स, तीन अटेकिङ हाफ र एक फरवार्ड । यो फरम्याट प्रतिस्पर्धि टिम कस्तो छ त्यो कुरामा निर्भर रहन्छ ।

स्विच
फुटबल खेल्ने क्षमता तथा कौशल विश्वमा सबैभन्दा धेरै ब्राजील टिमसँग छ । ब्राजीलको टिम डायमण्ड शेपमा खेल्न रुचाउछ, यानी सानो सानो पासमा खेल्छन् । खेलाडीहरुको कोशिश जहिलेपनि बल विरोधी खेलाडिहरुमा नजाओस् ।

साधारणतया ब्राजीलका खेलाडीहरु आरामसँग खेल्छन् । टिम जब दोस्रो हाफमा विरोधिको मिडफिल्डर नजिक आउछ तब आफनो गेमलाई अचानक स्विच अन गर्दछन्, यानी आफनो खेललाई रफतारमा बदल्छन्, तर पनि आफनो लयलाई यथावत राख्दछन् ।

यद्यपी ब्राजीलको टिम म्याचको दौरान खेलाडिहरुलाई स्विच गनुमा मात्र विश्वास गर्देनन् , यानी खेलाडिहरुको पोजिशन भने एकआपसमा बदल्दैनन् ।

सवल पक्ष
ब्राजीलका खेलाडीहरुको विच राम्रो तालमेल देखिन्छ । ब्राजीलको टिम काउन्टर अट्याक धेरै कम मात्र गर्छन, तर आफनो लयलाई पनि बिसिदैनन् । ब्राजीलको लागी सबैभन्दा राम्रो कुरा यो हो कि उसको लगभग सबै खेलाडीहरु युरोपियन लिगमा खेल्छन् । ब्राजील नै एउटा यस्तो टिम हो जो कुनै पनि बेला जे पनि गर्न सक्छन् । ब्राजीलको आक्रमण विश्वकपमा कुनै पनि टिमको लागी चुनौति बन्न सक्छन् ।

मैदानमा नेयमार, फिलिप कौटिन्हो, विलियन, क्यासमिरो, मार्सेलो, रोबर्टे फिर्मिनो र गेब्रियल जीससको उपस्थिति कुनै पनि टिमको डिफेन्सलाई जित्नलाई सक्षम छन् । समग्रमा भन्ने हो भने ब्राजील एक संन्तुलित टिम हो ।

कमजोरी
नेयमार आज पनि ब्राजील टिमको सबैभन्दा उज्वल स्टार हुन, तर उनी पछिल्लो केही समयदेखी चोटबाट पिडित भएका कारण टिमको खेलमा समस्या खडा गर्न सक्छ । तर पछिल्लो क्रोएशियासँगको मैत्रीपुर्ण खेलमा नेयमारको बलियो पुनरागमन भएको देख्न सकिन्थ्यो जसमा उनले पहिलो गोल गर्दे खाता खोलेका थिए ।

साथै डानी अल्बेसको अनुभबको कमी खेलमा केही खड्किन सक्दछ ।

LIC


थप अंक तालिकाहरु हेर्नुहोस>>

Ime Inside