सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ २१ । चोटका कारण तीन महिनासम्म मैदानबाट टाढा रहेका ब्राजीलीयन स्टार स्ट्राइकर नेइमार आइतबार पुन दमदार रुपमा मैदानमा फर्केका छन् । विश्वकपको मैत्रिपुर्ण अभ्यास खेलमा नेयमारको मद्यतले ब्राजीलले क्रोएशियालाई २–० ले हराउदै विश्वकप जितको लागी आफना तयारी शुरुवात गरेको छ ।
२६ बर्षिय नेयमारले खेलको ६९ औ मिनेटमा गोल गर्दे शुरुवाती अग्रता दिलाए । ब्राजीलको लागी दोस्रो गोल ९० + ३ मिनेटमा रोबटौ पेरेरियोनोले गोल गर्दे गोललाई दुई गुणा बनाए ।
नेयमारको यो ब्राजीलको लागी ८३ म्याचमा ५४ औ गोल हो । पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलाडी नेयमारको खुट्टामा गएको फेब्रुवरीमा चोट लागेको थियो । उनको खुटा अप्रेसन गरीएको थियो । ब्राजीलले अब आफनो अन्तिम मैत्रिपुर्ण खेल आउदो विहिवार अस्ट्रियासँग खेल्नेछ ।
पाँच पटक विश्वकप जितेर रेकर्ड बनाएको च्याम्पियन ब्राजिल गु्रप ई मा आफनो विश्वकपको अभियान १७ जुनमा स्विजरल्याण्डसँग शुरुवाती खेल खेल्नेछ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा