सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १५। सरकारले चालू आर्थिक वर्षको आठ महिनामा खानी क्षेत्रबाट छ हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारीको अवसर प्रदान गरेको छ । सरकारले खानी उद्योगलाई आर्थिक विकासको मेरुदण्डका रुपमा लिइरहेको बेला चालू आवको आठ महिनामा मुलुकभरका १२६ खानीबाट छ हजार जनालाई रोजगारको अवसर प्रदान गरेको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता कृष्णदेव झाले चुनढुंगा, कोइला, पत्थर, खरी, मार्बल, फलाम, टुर्मालिन, काइनाइटलगायतका खानीबाट रोजगारीको अवसर प्रदान गरिएको जानकारी दिए । चालू आवमा कूल गार्हस्थ्य उत्पादनमा खानी तथा उत्खनन क्षेत्रको योगदान ०।६ प्रतिशत रहेको उनले बताए ।
विभागले एकअर्ब सात करोड टन चुनढुंगा अन्वेषण भएको जनाएको छ, जसमा ५४ करोड टन प्रमाणित, ११ करोड टन अर्धप्रमाणित तथा ४२ करोड टन सम्भाव्य रहेको छ । चालू आवको आठ महिनामा आठ हजार ४५० टन प्रतिदिन क्षमताका १३ उद्योग सञ्चालनमा रहेको र १० वटा निर्माणाधीन अवस्थामा रहेका छन् । सिमेन्ट उद्योगको खानी क्षेत्रसम्म सडक तथा विद्युत् प्रसारण लाइन निर्माणमा सरकारले प्राथमिकता दिएकाले सिमेन्ट उद्योगको विकास तथा सञ्चालनमा उल्लेख्य सफलता भएको विभागले जनाएको छ ।
यस्तै, नवलपरासीको धौवादी फलाम खानी भण्डारको अन्वेषण कार्य अन्तिम चरणमा पुगेको, ललितपुरको फूलचोकी र रामेछापको ठोसे फलाम खानी तथा पर्वत फलाम खानी उद्योगको प्रवद्र्धन हुनुका साथै मुस्ताङमा युरेनियम अन्वेषण कार्य भइरहेको प्रवक्ता झाले बताए । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा