सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउड अभिनेता अक्षय कुमार, सुनील शेट्टी र परेश रावल अभिनित फिल्म ‘हेरा फेरी’ ले निकै चर्चा कमाएको थियो । रिपोर्टका अनुसार तीनै जनाले हेरा फेरीमा एक साथ काम गरेका छन भने फिल्म निर्माता यो फिल्मको तेस्रो पार्ट ल्याउने तयारी गरीरहेका बुझिएको छ । निर्माताले नै फिल्मको अर्को सिक्वेल बन्ने पुष्टि गरे भने फिल्मको कास्ट पनि फाइनल गरीएको छ । पछिल्लो दुई पार्ट जस्तै फिल्मको तेस्रो पार्टमा पनि अक्षय कुमार, सुनील शेट्टी र परेश रावल एकसाथ देखिनेछन् ।
यो फिल्मको पार्ट २ रिलिज भईसकेको छ भने दुबै पार्टमा तीनै जनाको कमेडीलाई दर्शकहरुले धेरै मन पराएका थिए । निर्देशक इंद्र कुमारले उक्त फिल्मलाई बनाउने पुष्टि गरेका हुन् । यद्यपी, उनले यो फिल्मलाई आफुले निर्देशन गर्ने वा नगर्ने भन्ने बारे भने केही बताएका छैनन् ।
रिपोर्ट अनुसार अक्षय कुमार, सुनील शेट्टी र परेश रावल तीनै जनाले फिल्मको लागी आफनो आफनो शुटिङ डेट पनि दिइसकेका छन् । यस पछी फिमको प्री प्रोडक्शनको काम पनि शुरु भईसकेको छ ।
तिनै जना स्टारद्धारा अप्रिलमा नै फिल्मको लागी डेट दिइएको बुझिएको छ भने उनीहरु चाडो भन्दा चाडो फिल्मको शुटिङ गर्न चाहन्छन् । फिल्मको शुटिङ यो बर्षको अन्तसम्ममा शुरु गर्न सक्नेछन् भने फिल्मलाई २०१९ मा रिलिज गरीनेछ ।
फिल्मको यो भन्दा अगाडीको दुबै सिरिज सुपरहिट भएको थियो भने दर्शकहरुले पनि धेरै मन पराएका थिए । अब आउने फिल्म भने कस्तो हुने हो त्यसको लागी कुर्ने पर्ने हुन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा