सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, जेठ १२ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
वाग्मती सफाइ महाअभियानको २६३औँ हप्तामा आज कोटेश्वर महादेवस्थान क्षेत्रमा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन भएको जनाइएको छ ।
यस्तै गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२४औँ हप्ताको कार्यक्रम गोकर्णेश्वर नगरपालिकाको वडा नं २ र ४ को सीमा भएर बग्ने कोलमती खोलामा गरियो ।
सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिए ।
रुद्रमती सफाइको २१८औँ हप्तामा रातोपुल–कालोपुल–सिफलसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सडकमै फोहर फाल्ने सिफल क्षेत्रका चार घरलाई प्रहरी बिट रातोपुलले पुर्जी काटेको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
यस्तै विष्णुमती सफाइ अभियानको १९०औँ हप्तामा टोखा नगरपालिकाको वडा नं ९ स्थित सिद्धेश्वर क्षेत्रमा जनचेतनामूलक सफाइ गरियो । आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता बिजेन लामाले जानकारी दिदिए ।
मनोहरा नदी सफाइको ६१औँ हप्तामा आज काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित जडीबुटी तरकारी बजार क्षेत्रमा पनि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता चन्द्र दंगालले बताए ।
चक्रपथ सफाइको ५९औँ हप्तामा एयरपोर्टबाट सिनामंगलसम्म सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, काठमाडौँ उपत्यका विकास प्राधिकरणलगायत गरी ४५० भन्दाबढी अभियन्ताको सहभागिता रहेको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए । आजको सफाइबाट १८ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।
तिलगंगा क्षेत्र सफाइको १६५औँ हप्ताको कार्यक्रम पनि चक्रपथ सफाइसँगै भएको थियो ।
काठमाडौँ महानगरपालिका वडा नं ३१ स्थित आलोकनगर सफाइको ५९औँ हप्तामा मातृशक्ति सफाइ समूहले जनचेतनामूलक सफाइ अभियान सञ्चालन गरेको संयोजक प्रमीला पौडेलले राससलाई जानकारी दिनुभयो । आलोकनागर सफाइ गर्दै जनचेतनामूलक अभियानसहित कोटेश्वर महादेवस्थान पुगी वाग्मती सफाइ महाअभियानमा सहभागी भएको उहाँले बताउनुभयो । सफाइबाट एक मेट्रिक टन फोहर उठाइयो ।
चक्रपथ बाफल खण्ड सफाइको ४१औँ हप्तामा स्युचाटारबाट बाफल पुल क्षेत्रसम्म सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए । सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ अभियानले जनाएको छ ।
उपत्यकाका धेरै स्थानमा गरिएको सफाइको फोहर आज उठ्न सकेको छैन । सिस्डोलमा फोहर लैजान समस्या भएकाले फोहर सडकमै थुपार्न बाध्य हुनुपरेको सफाइ अभियानकर्मीको भनाइ छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा