सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १२ । अफगानिस्तानका ‘वंडर ब्वाइ’ भनेर चिनिने रसिद खानको उत्कृष्ट प्रदर्शनको दममा हेदराबादले दोस्रो ब्वालीफाएल फाइनलमा शुक्रबार कोलकत्तालाई उसैको मैदानमा १३ रनले हराउदै आईपीएल फाइनलको बाटो तय गरेको छ जहाँ उसको प्रतिस्पर्धा चेन्नेईसँग हुनेछ ।
जितको लागी १७५ रनको लक्ष्यलाई पछ्याउदै दुई पटक च्याम्पियन बनिसकेको कोलकत्ता २० ओभरमा नौ विकेट गुमाउदै १६१ रनमात्र बनाउन सक्यो । पहिलो क्वालिफायरमा चेन्नेईसँग हारेको हैदराबाद अब आईतबार मुबंइमा फाइनल पनि उसैसँग खेल्नेछ ।
कोलकत्ता विरुद्ध पहिला ब्याटिङमा उत्रेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ७ विकेटमा १७४ रन बनाए । कोलकत्ताका ओपनर ब्याट्सम्यान सुनील नरेनले १३ बलमा २६ रन बनाउदै राम्रो पारी खेलीरहेका उनलाई सिद्धाथै कौलले ब्रेक लगाए । कौलको बलमा नरेनका क्याच ब्रेथवेटले समाते । नितिश राणा १६ बलमा २२ रन बनाएर रन आउट भए । रबिन उथप्पालाई रशिद खानले क्लीन बोल्ड गरे । उथप्पाले ८ बलमा २ रन बनाए । कप्तान दिनेश कार्तिक ८ रन बनाएर शाकिब ल हसनको बलमा क्लीन बोल्ड भए । राम्रो लयमा क्रिजमा जमिरहेका ब्याट्सम्यान क्रिस लिनलाई रसिद खानले एलविडब्लु आउट गरे । लिनले ३१ ब्लमा ४८ रन बनाए । आंद्र रसेललाई राशिद खानले आफनो शिकार बनाए र धवनको हातबाट क्याचवाउट गराए । रसेलले ७ बलमा ३ रन मात्र बनाउन सके । पीयुष चावला १२ रन बनाएर सिद्धार्थ कौलको बलमा बोल्ड भए । शिवमा मावी ६ रन बनाएर क्याच आउट भए । ब्रेथवेटको बलमा मावीको क्याच राशिद खानले गरे । शुभमन गिलको क्याच रशिद खानले ब्रेथवेटको बलमा समाते । उनले २० बलमा ३० रन बनाएका थिए ।
हैदराबादको तर्फबाट राशिद ाानले तिन, सिद्धार्थ कौल र कार्लोस ब्रेथवेले दुई दुई विकेट लिउ भने शाकिब अल हसनले १ विकेट ।
हैदराबादलाई पहिलो झट्का ओपनर ब्याट्सम्यान शिखर धवनको तर्फबाट लाग्यो । धवनलाई कुलदीप यादवले एलविडब्लु आउट गरे । उनले २४ बलमा ३४ रन बनाए । राम्रो फर्ममा चलिरहेको टिमको कप्तान केन विलियमसनलाई पनि कुलदीपले पेवेलियन फर्काए । कुलदीपको बलमा विलियमसन विकेटको पछाडी दिनेश कार्तिकका हातबाट क्याच गराए । केनले तिन बलको सामना गर्दे तिन रननै बनाए । साहाले २७ बलमा ३५ रनको राम्रो पारी खेल्दै पियुष चावलको बलमा दिनेश कार्तिकको हात स्टंप आउट भए । शाकिब अल हसनले २४ बलमा २८ रनको पारी खेले र दुर्भाग्यपुर्ण तरिकाले रन आउट भए । दिपक हुडालाइृ सुनील नरेनले पीयुष चावलको हातबात क्याच आउट गरे । दिपकले १९ बलमा १९ रनमात्र बनाए । कार्लोस ब्रेथवेटले ८ रन बनाए र रन आउट भए । युसुफ पठानले ७ बलमा ३ रन बनाए र शिवम मावीको बलमा पीयुष चावलाको हातबात क्याच आउट भए । राशिद खानले १० बलमा ३४ रनको तेज पारी खेल्दै टिमको स्कोरलाई १७४ सम्म पुर्याए । भुवनेश्वरले ५ रन मात्र बनाए ।
कोलकत्ताको तर्फबाट कुलदीप यादवले दुई जवकी शिवम मावी, सुनील नरेन र पीयुष चावलाले एक एक विकेट लिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा