भर्खरै

नेपाल आइडलका निशान भट्टराईको ‘भुन्टी’ सार्वजनिक


 May 25, 2018     सेतो खबर

काठमाडौँ, जेठ ११ । प्रथम नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको ‘भुन्टी’ गीतको भिडियो सार्वजनिक भएको छ ।

राजेन्द्र भट्ट ‘मिस्टर आरजे’को शब्द तथा संगितमा रहेको उक्त गीतमा मोहीत मुनाले एरेन्ज गरेका हुन ।  भिडियोमा गाएक स्वयम भट्राईले भुन्टेको भूमिका निर्वाह गरेका छन्, भने उनलाई भुन्टीको रुपमा नायिका एलिशा राइले साथ दिएकी छन् ।

लोगलयमा आधारित गित तथा भिडियोलाई टेकेन्द्र साहको सम्पादन तथा निर्देशनमा राजकुमार केसीको छायांकन गरेका छन् । मनोज बस्नेतले निर्माण गरेको गीतलाई शिशिर खातीले कोरीयोग्राफी गरेका हुन् ।

हेनुहोस् भिडियो

LIC



Ime Inside