सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
राजविराज, जेठ ११ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तह र प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताएका छन् । सप्तरीको राजविराजमा आज स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष यादवले जनताको बलिदानीबाट प्राप्त भएको संघीयतालाई जोगाउनुपर्ने बताए ।
स्थानीय तहलाई स्वायत्तता तथा प्रदेशलाई प्रादेशिक अधिकार नदिएसम्म संघीयता संकटमा रहने बताउँदै मधेशी जनतामाथि असमानता र विभेद कायमै रहेको आरोप लगाए । वर्तमान सरकारले गरेको राजनीतिक नियुक्तिमा मधेशीको सहभागिता नरहेको आरोप लगाउँदै हरेक क्षेत्रमा समान अवसर तथा जनसंख्याको आधारमा सहभागिता हुनुपर्नेमा उनले जोड दिए ।
उनले मधेशी, आदिवासी, जनजातिसहित मुलुकका हरेक जनतालाई समृद्व बनाउन संविधान संशोधन आवश्यक रहेको जिकिर गरे । साथै प्रदेश नं २ समृद्व नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने बताउँदै प्रदेश नं २ का जनता अधिकार सम्पन्न, आर्थिक रुपले समृद्व भएमात्र पूरै नेपाल समृद्ध हुने उनको धारणा थियो । रासस
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा