सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १० जेठ । नेपाली क्रिकेटर सन्दीप लामिछाने र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ विच भेटवार्ता भएको छ ।
आज गृह मन्त्रालय भेट गरेका सन्दीपलाई गृहमन्त्री थापाले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपिएल) प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकोमा बधाई तथा शुभकामना दिनुभएको हो ।
भेटका क्रममा गहृमन्त्रि थापाले लामिछानेलाई खेलको माध्यमबाट नेपाल र नेपाली जनतालाई विश्वमै चिनाउने काम गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि उत्कृष्ट खेल प्रदर्शनका लागि शुभकामना व्यक्त गरेका थिए।
साथै भेटमा थापाले नेपाल सरकारको तर्फबाट पनि लामिछानेलाई आवश्यक सम्मान गरीने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा