सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
इनरुवा,जेठ १०। सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न क्षेत्रमा रहेका विद्यालयलाई बिहानी कक्षा सञ्चालन गर्नका लागि अभिभावकले आग्रह गरेका छन् । अत्यधिक गर्मी भएकाले विद्यालयलाई बिहानी कक्षा सञ्चालन गरी बालबालिकाको सर्वाेपरि हितलाई ध्यान दिन आग्रह गरेका हुन् । सदरमुकाम इनरुवामा रहेको शारदा मावि, बलाहा र राजाजी माविलगायतका अभिभावकले आफ्ना बालबालिकाको हितमा ध्यान दिनका लागि विद्यालय प्रशासनलाई आग्रह गरेका हुन् ।
केही दिनयता बढेको चर्काे घाम र गर्मीले बालबालिकाको स्वास्थ्यमा असर परेको भन्दै बिहानी कक्षा सञ्चालन गर्न आग्रह गरेको अभिभावक दिलीप साहले जानकारी दिए । उता भोक्राहा नरसिंह गाउँपालिकाका विद्यालय पनि बिहानीपख चलाउने गरी निर्णय गरिएको छ ।
गाउँपालिका क्षेत्रका सबै विद्यालयलाई बिहानीपख चलाउन प्रधानाध्यापकको बैठकले निर्णय गरेको प्रधानाध्यापक मनोज मेहताले जानकारी दिए । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा