सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लमजुङ, जेठ १०। जिल्लामा अलैँचीका बिरुवाको मूल्य निर्धारण गरिएको छ । नेपाल अलैँची व्यवसायी महासंघ, लमजुङ शाखाले अलैँची बिरुवाको मूल्य निर्धारण गरेको हो । जिल्लाभर अलैँची बिरुवाको मूल्यमा एकरुपता कायम गर्न महासंघ जिल्ला शाखाको बुधबार बसेको बैठकले बिरुवाको मूल्य निर्धारण गरेको हो । महासंघले प्रतिबिरुवा रु पाँचदेखि रु आठसम्म निर्धारण गरेको शाखा अध्यक्ष अजय तामाङले जानकारी दिए ।
महासंघ शाखाले पुरानो बोटबाट निकालेको बिरुवाको मूल्य रु पाँच कायम गरेको छ भने नर्सरीमा ३२ महिना कटेको बिरुवाको मूल्य प्रतिगोटा रु आठ कायम गरेको जनाएको छ । जिल्लामा अहिले रु १५ लाख अलैँचीका बिरुवाको माग भएको र रु २० लाखभन्दा बढी बिरुवा उत्पादन भएको महासंघले जनाएको छ ।
गत वर्ष प्रतिबिरुवा रु नौ निर्धारण गरिएको भएपनि यस वर्ष अलैँचीको मूल्य र बिरुवाको माग पनि घटेका कारण बिरुवाको मूल्य घटाइएको महासंघले जनाएको छ । रासस
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा