सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ १० । यति एयरलाइन्स र गोकर्ण रिसोर्टसहित विभिन्न व्यापारिक निकायका मालिक आङछिरिङ शेर्पाले लुम्विनी विकास कोषको सदस्य सचिवमा आफ्ना मान्छे भर्ति गर्न चलखेल गरेका छन् ।
शेर्पाले आफ्ना मान्छेलाई सदस्य सचिवमा नियुक्तिका लागि ओलीसँग बारम्बार आग्रह गरेको स्रोतको भनाई छ । ओली पनि कन्भिन्स भएको शेर्पाले बताउने गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
स्रोतका अनुसार शेर्पाले लुम्विनी विकास कोषको सदस्य सचिव नियुक्तिका लागि चार करोडमा डिल गरेका छन् । शेर्पाले सो रकम प्रधानमन्त्री ओलीलाई बुझाउनु पर्ने भन्दै डिल गरेको बुझिएको छ ।
शेर्पा प्रधानमन्त्री निवासको पूर्वी गेटबाट १/२ दिन बिराएर प्रवेश गर्ने गरेका हुन् । ओलीसँग सिधै पहुँच राख्न सक्ने क्षमताका शेर्पाले शेरबहादुर देउवा प्रधानमन्त्री भएका बेला पर्यटनमन्त्री जितेन्द्र देवसँग सेटिङ मिलाएर लुम्विनी विकास कोषको सदस्य सचिवमा अजितमान तामाङलाई नियुक्त गराउन खोजेका थिए । तर, सेटिङ बिग्रिएपछि शेर्पाको योजना तुहिएको थियो ।
शेर्पाका गोकर्ण रिसोर्टका विजनेश पार्टनर एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता विजयकुमार गच्छदारलाई प्रयोग गरेर देव मन्त्री भएकै बेला सदस्य सचिव नियुक्तिका लागि तालमेल गरेका थिए । शेर्पाको योजनामा आरजु राणा देउवाको पनि साथ थियो ।
उनीहरूले तामाङलाई नियुक्ति प्रक्रिया थालेका थिए । तर, उच्च अदालत पाटनले नियुक्ति प्रक्रियालाई रोकिदिएको थियो । सर्वोच्च अदालतमा पनि रिट परेको थियो । पछि अदालतले रोष्टरमा रहेका २२ जनाबाट उपयुक्त व्यक्तिलाई छनौट गर्न आदेश दिएपछि यति एयरलाइन्सका शेर्पा, गच्छदार, आरजु र मन्त्री देवको योजना विफल भएको थियो ।
अहिले फेरि शेर्पाले ओलीको नाम भजाएर नयाँ व्यक्ति खडा गरेर लुम्विनी विकास कोषमा सदस्य सचिव नियुक्त गराउन दौडाधुप थालेका हुन् । लुम्विनी विकास कोषको सदस्य सचिव नियुक्तिका लागि खुला दरखास्त आह्वान गरिएको थियो ।
सदस्य सचिव नियुक्तिका लागि २२ जना मैदानमा छन् । ती मैदानमा रहेकाहरूलाई आउट गराएर शेर्पाले प्रधानमन्त्री ओलीको नाम भजाई चार करोड कुम्ल्याउने योजना बनाएको स्रोतको भनाई छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा