सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ९ । दक्षिण अफ्रिकाका ब्याट्सम्यान ए बी डिविलियर्सले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । ३४ बर्षिय डिविलियर्सले क्रिकेटका सबै रिटायरमेन्टको घोषणा गरेका छन् । डिविलियर्सले आफनो सन्यासको घोषणा गर्दे भने “मेरो बुझाईमा यही सहि समय हो १४ बर्ष लामो क्रिकेट करियरलाई विश्राम दिने” ।
डिविलियर्सले दक्षिण अफ्रिकाको लागी ११४ टेस्ट २२८ वनडे र ७८ टी २० म्याच खेलेका थिए । डिविलियर्सले भने “अब समय आएको छ दोस्रो खेलाडीलाई मौका दिने , ईमान्दारीताका साथ भन्ने हो भने अब म थाकी सकेको छु । यो एउटा जटिल निर्णय हो र मैले यो निर्णय धेरै सोच विचारका साथ गरेको हु” । उनले अगाडि भनेका छन् “म आफनो क्रिकेटबाट सन्यास राम्रो खेल्दाकै समयमा लिन चाहन्थे” ।
अन्तराष्ट्रिय क्रिकेटमा सबैभन्दा तेज शतक लगाउनेको रेकर्ड पनि डिविलियर्सले आफनो नाममा पारेका छन् । यो रेकर्ड उनले १८ जनवरी २०१५ मा वेस्टइंडीज विरुद्ध ३१ ब्लमा शतक लगाएर गरेका थिए । डिविलियर्सले कोरी एंडरसनको ३६ बलमा बनाएको शतकको रेकर्डलाई ध्वस्त गर्दे उक्त रेकर्ड राखेका थिए । उनले १६ छक्का र ९ चौकाको मद्यतले वनडेको यो किर्तिमान बनाएका थिए । उनले यो म्याचमा कुल १४९ रन बनाएका थिए ।
डिविलियर्सको नाम ३१ बलमा सबैभन्दा छिटो शतकको रेकर्ड त छदै छ यसको अलावा सबैभन्दा छिटो १५० रनको रेकर्ड पनि डिभिलियर्सकै नाममा छ । २०१५ विश्व कप मा डिविलियर्सले सिड्नीको मैदानमा ६४ बलमा १५० रन ठोकेर विश्व रेकर्ड आफनो नाम गरेका थिए । उनले यो दौरान ६६ बलमा १६२ रन बनाएका थिए जसमा १७ चौका ८ चौका थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा