सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
लण्डन, जेठ ९ । आगामी रुस फिफा विश्वकपमा स्ट्राइकर ह्यारी केनले इङ्गल्याण्डको राष्ट्रिय टिमको कमाण्ड सम्हाल्ने भएका छन् । योसँगै इङ्गल्याण्ड को कप्तानीलाई लिएर चलिरहेको अटकलबाजीमा पनि पुर्ण विराम लागेको छ । इङ्गल्याण्ड का कोच गेरेथ साउथगेटले ट्विटरमा एक भिडियो पोष्ट गर्दे यसको पुष्टि गरेका हुन्, जसमा उनले टोटनह्यामको यी खेलाडीको कप्तानी कलाको तारीफ गरीएको थियो ।
वेन रुनी इङ्गल्याण्ड का अन्तिम पुर्णकालिन कप्तान थिए, तर म्यानचेष्टर युनाइटेडका यी पुर्व स्ट्राइकरलाई टिममा ठाउँ नपाउदा धेरै खेलाडीहरुलाई कप्तानी गर्ने मौका मिल्यो । साउथगेटले कप्तानीको महत्वलाई बुझे र सबैभन्दा काबिल दाबेदार केनमाथि उनको नजर पर्यो । उनले इङ्गल्याण्ड को १५ औ विश्वकपमा आफनो कप्तानी कलाको परिचय दिनेछन् ।
इंग्लिश प्रीमियर लिगमा गएको सत्रमा टोटनह्यामको लागी ३० गोल गरेका केन आफनो राष्ट्रिय टिमको लागी २३ खेल खेलिसकेका छन् जसमा उनले १२ गोल गरेका छन् । पछिल्लो बर्ष विश्व कप क्वालीफायरमा केन ले स्कटल्याण्ड विरुद्ध इङ्गल्याण्डको कमाण्ड सम्हालेका थिए ।
विश्वकपमा इङ्गल्याण्ड आफनो ग्र्रुपमा ट्यूनिशिया, पानामा र बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछन् । इङ्गल्याण्ड को टिम कुनै पनि ठुलो टुर्नामेन्टमा तेस्रो सबैभन्दा युवा टिम उतार्न जादैछ जसको औसत आयु २६ बर्ष छ ।
विश्वकप २०१८ को लागी इङ्गल्याण्डका लागी छनोट भएका खेलाडीहरु
गोलकिपरः जोर्डन पिकफोर्ड, निक
पोप, ज्याक बटल्याण्ड
डिफेण्डरः केल वालकर, किरान ट्रिपप्पर, ट्रेन्ट एलेकजेण्डर आर्नल, ग्यारी काहिल, डेनी रोस, जोन स्टोन्स, ह्यारी मागुरी, फिल जोन्स, आशले योङग,
मिडफिल्डरः इरीक डायर, फेवीएन डल्फ, जोर्डन ह्याण्डरशन, डेली अल्ली, रुवीन लोफ्टस–चेक, रहिम स्टरलिङ, जेसी लिङगार्ड
फरवार्डः ह्यारी केन, जेमी भर्डि, मारकस रेसफर्ड, डेनी वेलवीक
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा