सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ८ । सन्दिप लामिछाने आफनो टिममा हुनुमा दिल्लिले गर्भ महसुस गरेको बताएको छ । आईपिएल खेलेर आज नेपाल फर्केसँगै दिल्लिले आफनो फेसबुक मार्फत उनी प्रति गर्भ गर्दे अर्को सिजनको आईपिएलमा दिल्लिमा ने हुने आशा ब्यक्त गरेको छ ।
दिल्लीले आफनो फेसबुक पेज मार्फत सन्दिपलाई धन्यवाद दिदै नेपाली उनीप्रति गर्भ महसुस गरेको बताएको छ । सन्दिपले सबै खेलमा विकेट लिन सफल भएको र “प्यासन म्याच विथ परर्फरमेन्स” भनेर प्रशंसा गरेको छ ।
दिल्लिले सन्दिप लामिछाने टिनेजर सेनसियसन हो भन्दै दिल्लिलाई प्रतिनिधित्व गरेकोमा गर्भ महसुस भएको बताएको छ । उसको टिम प्रतिको प्रयत्नलाई धन्यवाद दिदै दिल्लिले आगामी आईपिएलमा फेरी दिल्लिमै रहने आशा समेत ब्यक्त गरेको हो ।
सन्दिप आजै आईपिएल खेलेर नेपाल फर्केका थिए भने उनलाई त्रिभुवन विमान स्थलमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले स्वागत गरेका थिए । विमान स्थलमा उनको स्वागतको लागी दर्शक तथा खेलकुद प्रेमीहरुको वाक्लो उपस्थिति थियो ।
२० लाख भारुमा दिल्लि डेयरडेभिल्समा आबद्ध सन्दिपको टिम प्ले अफमा पुग्न नसके पनि उनले ३ खेलमा १२ ओभर बलिङ गर्दे ५ विकेट लिदै ८२ रन मात्र बनाउन दिएका थिए । उनी आवद्ध दिल्लिले १४ खेल खेल्यो भने उनले अन्तिम ३ खेल मात्र खेल्ने मौका पाए भने ११ खेलमा दिल्लिले उनलाई टिम ११ मा पारेन । उनले खेलेको ३ खेलमध्ये २ खेलमा जित र १ खेलमा हार ब्यहोरेको थियो ।
Doing Nepal proud 🇳🇵✅Wickets in all matches played ✅Passion matched with performance ✅Sandeep Lamichhane is a…
Posted by Delhi Daredevils on Tuesday, May 22, 2018
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा