सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ, जेठ ८ । नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा क्रिकेटर सन्दिप लामिछाने स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राष्ट्रिय टोलीका कप्तान पारस खड्का र क्रिकेट प्रेमीले स्वागत गरेका थिए।
स्वागतपछि विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सन्दिपले आइपीएल आफ्नो अविश्मरणीय यात्रा भएको र नेपाललाई चिनाउने प्रयास गरेको बताए। ‘क्रिकेटसम्बन्धी धेरै कुरा सिक्न पाएँ। त्यसलाई नेपाली क्रिकेटमा शेयर गर्नेछु’, उनले भने– ‘अाइपीएलमार्फत नेपाललाई चिनाउने मौकालाई सदुपयोग गर्ने प्रयास गरे।’
यो सिजनमा ३ खेल खेल्ने अवसर पाएका उनले उत्कृष्ट प्रदर्शन गरेका थिए।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा