सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसीले पाँचौ पटक युरोपीयन ‘गोल्डेन शु’ पुरस्कार आफनो नाम गरेका छन् । मेसीको टिम बार्सिलोनाले स्पेनिश लिगमा आईतबारको म्याचमा रियल सोसिडाडलाई १–० ले हराएको थियो । बार्सिलोनाको जित पश्चात मेसीलाई ‘गोल्डेन शु’ बाट सम्मानित गरिएको थियो ।
मेसीले स्पेनिश लीगको २०१७–१८ सीजनमा बार्सिलोनाको लागी ३४ गोल हान्दै ६८ अंक प्राप्त गरेका थिए । मेसीले पछिल्लो बर्षपनि ‘गोल्डेन शु’ जितेका थिए । यसको अलावा उनले २०१०,२०१२ र २०१३ मा यो पुरस्कारलाई आफनो नाम गरेका थिए । मेसी एकमात्र यस्ता खेलाडी हुन जसले ५ पटक ‘गोल्डेन शु’ को पुरस्कार जितेका छन् ।
यो पुरस्कारलाई प्राप्त गर्ने दौडमा मेसीको अलावा लीभरपुलका मोहम्मद सलाह र टोटेनह्याम ह्ट्स्परको ह्यारी काने पनि परेका थिए । सलाहको ३२ गोलमा ६८ अंक थियो, त्यही ह्यारीको ३० गोलमा ६० अंक थियो । यो पुरस्कार प्राप्त गरेको अंकको आधारमा दिइन्छ । यसमा जर्मन, स्पेनिश, ईग्लिश, ईटालियन र फ्रेच लीगमा खेलाडीहरुले गरेको गोल गनीन्छ र हरेका गोलको २ अंक दिइन्छ । जसको गोल धेरै हुन्छ उसैलाई ‘गोल्डेन शु’ को अवार्डबाट सम्मानित गरिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा