सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ७ । चीनले अरुणाचल प्रदेशको सीमाबाट फैलिएको आफनो क्षेत्रबाट ठुलो मात्रामा उत्खनन कार्य शुरु गरेको छ । उक्त क्षेत्रमा सुन, चाँदी र अन्य बहुमुल्य खनिजहरु गरी करिब ६० अरब डलरको भण्डार पाइएको छ ।
मिडियामा आएको रिपोर्ट अनुसार हङकङ आधारित साउथ चाइना मर्निङ पोष्टका अनुसार उत्खनन परियोजना भारतको सिमादेखि चिनिया क्षेत्रमा पर्ने लहुजे काउंटीमा चलाइरहेको बताएको छ । चीनले यसअघि अरुणाचल प्रदेशलाई दक्षिण तिब्बतको हिस्सा भएको भन्दै दावि गर्दे आइरहेको छ ।
त्यसमा पहिलो चरणमा तिब्र विकाससँगै त्यस क्षेत्रको प्राकृतिक संसाधनमा दावी गर्ने चीनको यो कदमलाई अर्को दक्षिण चीन सागर विवादको रुपमा परिवर्तन गर्न खोजीएको भनिएको छ । खबरमा भनिएको छ, अरुणाचल प्रदेशलाई आफनो नियन्त्रणमा राख्नको लागी चीनले उत्खनन कार्य गरिरहेको दाबी गरेका छन् ।
खबर अनुसार परियोजनाबाट सचेत रहेका मानिसहरुले भनेका छन कि उत्खनन कार्य दक्षिण तिब्बतमा फेरी दाबी पेश गर्ने बेइजिङको महत्वकांक्षी योजनाको हिस्सा भएको बताएका छन् । अखबारले स्थानीय अधिकारी, चीनीया भुगर्भशास्त्रि र रणनिति विशेषज्ञसँग प्राप्त जानकारीको आधारमा यो दावी गरेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा