सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ६ । दिल्लिले मुंबईलाई ११ रनले पराजित गरेको छ । दिल्लिको फिरोजशाह कोटला स्टेडियम भएको खेलमा इंडियन आईपीएल २०१८ को ५५ औ म्याचमा गर या मरको अवस्थाको मुंबई प्लेअफ पुग्न नसकि आईपिएलबाट बाहिरिएकोे छ । टस जितेर ब्याटिङ रोजेको दिल्लिले निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७४ रन बनाएको थियो । जबाफमा मुंबई इंडियनको पारी १९.३ ओभरमा १६३ रन मै सबै विकेट गुमाउदै पराजित भयो ।
दिल्लीका लागि सन्दिप लामिछाने, अमित मिश्रा र हर्षल पटेलले
समान ३÷३ विकेट लिदा मुंबईको पारी १९.३ ओभरमा १६३ रनमै समेटियो । मुंबईलाई प्लेअफमा पुग्नको लागी यो खेल जित्नु पर्ने दबाब थियो र हारेसँगै मात्र १२ अंक बनाएर टुर्नामेन्टबाट बाहिरिएको छ । प्लेअफको दौडभन्दा पहिला नै बाहिरि सकेको दिल्लिले आफनो अभियान १० अंकसँगै आईपिएल २०१८ लाई पनि समाप्त पारेको छ ।
यो भन्दा पहिला ऋषभ पंतको अर्धशतकीय पारीको मद्यतले दिल्लि डेयरडेभिल्सले मुंबईको विरुद्ध निर्धारित २० ओभरमा ४ विकेट गुमाउदै १७४ रन बनाएको थियो । जबाफमा मुंबईको शुरुवात निराशजनक रह्यो । टिमलाई तेजसँग शुरुवात दिलाउने चक्करमा सुर्यकुमार यादब ४ बलमा १२ रनमै सन्दिप लामिछानेको पहिलो शिकार बने ।
मुंबईको दोस्रो विकेट ५७ रनको स्कोरमा झर्यो इशान किशन ५ रनमै अमित मिश्राले उनलाई बाउड्रिमा विजय शंकरको हात क्याच गराए । एविन लुइस ४८ रनमै अमित मिश्राले आफनो शिकार बनाए भने अगिल्ले ओभरको पहिलो बलमा सन्दिप लामिछानेले किरोन पोलार्ड ७ रन मै चौथो बलमै कुणाल पांडय ४ मा सन्दिप लामिछानेको शिकार बने । उनले एक ओभरमै दुई विकेट लिएका हुन ।
कप्तान रोहित १३ र हार्दिक पाडया २७ रन बनाएर आउट भए ।
टस जितेर ब्याटिङमा उत्रेको दिल्लिको लागी ऋषभ पंतले सर्वाधिक ६४ रन बनाए । यसको अलावा विजय शंकरले ४३ रनको योगदान दिए । मुंबईको तर्फबाट भने क्रुणाल पांडय, जसप्रीत बुमराह र मयंक मार्केडेले १/१ विकेट लिए ।
दिल्लिको लागी पहिलो झट्का पृश्वी शाँ १२ रन बनाउदै लापरवाहि पुर्वक रन आउट भए । दोस्रो विकेटको रुपमा ग्लेन मैक्सवेल २२ रन बनाएर पेभेलिएन फर्के उनलाई जसप्रीत बुमराहको बलमा स्टंप्समा खेल्दा आउट भए ।
कप्तान श्रेयस अथ्यर ६ रन बनाएर आउट भए उनलाई मयंक मार्केडेको बलमा छक्का लगाउने चक्करमा बाउड्रीमा आफनै क्याच क्रुणाल पांडयलाई थमाएर आउट भए ।ऋषभ पंतले विजय शंकरसँग मिलेर केबल पारीमात्र सम्हालेनन आफनो अर्धशतक पनि पुृरा गरे । ६४ रनको ब्यक्तिगत स्कोरमा रनगति बढाउने चक्करमा उनी क्रुणाल पांडयको बलमा पोलार्डद्धारा क्याच गराए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा