सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलिउडमा लगभग १५ बर्षको करियरपछि पनि अभिनेता जोन अब्राहाम धेरै सामान्य जिन्दगी बिताउछन् । प्राय अभिनेता तथा अभिनेत्रीहरु आफनो एउटै मात्र फिल्म सुपरहिट भएपछि महंगो गाडी, घर, पोशाक आदि किन्छन तर जोन अब्राहामलाई हेर्ने हो भने उनी आफनो ब्यक्तिगत जिबनमा यस्ता कुनैपनि चमक–धमकबाट धेरै टाढा छन् ।
अहिले जोन अब्राहम आफनो आउन लागेको फिल्म ‘परमाणु’ को प्रचार प्रसारमा लागीरहेका छन् । यस्तैमा आफनो लाइफस्टाइलको बारेमा कुरा गर्दे जोनले भने कि उनीसँग कुनै पनि बडिगार्ड पनि छैनन् ।
मोडलिङबाट आफनो करियर शुरु गरेका अभिनेता जोन अब्राहामको अनुसार उनी एक मध्यम बर्गिय ब्यक्ति भएको र चमक–धमकबाट टाढा साधारण तरिकाले जीवन जिउनुमा विश्वास राख्ने ब्यक्ति भएको बताएका छन् ।
जोनले न्युज एजेन्सिहरुसँग कुरा गर्दे भने “म स्वाभावले आत्मकेन्द्रित होइन, मानिसहरुको ध्यान केन्द्रित गर्नको लागी मलाई बाहिर जान मन पर्देन । मसँग कुनै बडिगार्ड पनि छैनन, मेरो जिवन एकदमै साधारण छ , म कुनै घडि पनि लगाउदिन, मसँग एउटा साधारण कार छ । म एक मध्यम बर्गिय ब्यक्ति हु न कि म खर्चालु छु । म आफनो अवस्था जे छ त्यही अनुसार जिवन जिउछु र मेरो जिवन शैली चमक–धमक बाट टाढा छ “।
जोनको आउदो फिल्म ‘परमाणु’ : “द स्टोरी अफ पोपकरण” चाडै नै रिलिज हुदैछ । यो फिल्म प्रधानमन्त्रि अटल बिहारी बाजपेयीको कार्यकालमा १९९८ मा पोखरणमा भारतको परमाणु परिक्षणमा आधारित छ । ११ मे १९९८ मा राजस्थानको पोखरण मा परमाणु परीक्षण गर्दे भारतले पुरै विश्वलाई चकित बनाएको थियो त्यसैलाई आधारित मानेर फिल्म निर्माण गरीएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा