सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बलीउड महानायक अमिताभ बच्चनलाई युरोपियन संघले भारत–युरोपको सांस्कृतिक सम्बन्ध बलियो बनाउन योगदान पुर्याएको भनेर सम्मानित गरेको छ । ७५ बर्षिय महानायकले ट्विटरमा पुरस्कार समारोहमा खिचिएको तस्विर सार्वजनिक गर्दे उनलाई यो सम्मान दिएकोमा युरोपियन संघ (ईयू) का राजदुत तोमास्ज कोजलोवस्कीलाई धन्यवाद दिएका छन् ।
बच्चनले ट्विटमा लेखेका छन् “भारत र युरोपको मध्यमार्गी पुल बन्नको लागी मलाई ईयुको तर्फबाट यो पुरस्कार प्रदान गरेकोमा युईका राजदुत कोजलोवस्कीलाई धन्यवाद” ।
कोजलोवस्कीले पनि माइक्रो ब्लगिङ साइटमा अभिनेता बच्चनको पोष्टलाई जवाफ दिदै उनको फिल्मले युरोपियन सिनेमा प्रेमीहरुलाई भारतीय संस्कृतिसँग नजिक ल्याउनको लागी काम गरेको भन्दै तारिफ गरेका छन् ।
कोजलोवस्कीले लेखेका छन् “हामीसँग यूरोप दिवस र युरोपियन सांस्कृतिक धरोहर बर्ष मनाएकोमा धन्यवाद अभिताभ बच्चन । तपाईको कलात्मक उपलब्धिहरु एवं भारत–युरोपको सांस्कृतिक सम्बन्धमा तपाईको योगदान उत्कृष्ट छ । तपाईले युरोपियन फिल्म प्रेमीहरुलाई भारतीय संस्कृतिको नजिक ल्याउने काम गनुभयो यसको लागी हामीहरु तपाईलाई सम्मानित गर्दछौ” ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा