सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ ६ । आज पुरै बेलायत रोयल विवाह समारोह यानी राजकुमार ह्यारी र मेगन मार्केलको विवाहको लागी सजिएको छ । यो विवाहलाई स्मरणीय बनाउनको लागी धेरै राम्रो ब्यवस्था गरीएको छ । विवाहको स्टेजमा फुलहरुले भरिएको बुकेदेखि लिएर खानेकुरा सम्म एकदम विशेष बनाइएको छ ।
मिडिया रिपोर्ट अनुसार विवाहको खर्चको लागी मात्र २७ लाख डलर खर्च गरीने भएको छ भने सुरक्षामा मात्र ४ करोड डलर गरीएको छ ।
विवाहमा ६०० भन्दा बढि पाहुना आउनेछन् भने उनीहरुलाई खानको लागी मात्र ६.८ लाख डलर खर्च गरीने भएको छ । विवाह समारोहमा हेर्न आउने सर्वसाधरणलाई पनि खानपानको ब्यवस्था गरीएको छ । मेगन मार्केल दुलहीको विवाहलाई स्मरणीय बनाउनको लागी विख्यात ड्रेस डिजाइनर राल्प एण्ड रुसोले डिजाइन गरेको ड्रेस लगाएकी छिन जसको मुल्य २.७० लाख डलर रहेको छ ।
यो विवाह यो कारण पनि खास हुनेछ, यसले समाजको कैयौ बन्धनलाई पनि तोड्ने भएको छ किनभने यो विवाहमा ससुराले आफनो बुहारीलाई कन्यादान गर्नेछन् । शाही दरबार केजिग्टन प्यालेसका अनुसार, स्वयम मेगनले उक्त समारोहलाई निभाउनको लागी आफनो ससुरा यानी प्रिन्स चाल्र्ससँग आग्रह गरेकी थिइन ।
ईसाई रीति रिवाज अनुसार विवाहमा बुबाले हात समातेर पादरी तथा हुने वाला श्रीमान कहाँ जान्छन् ।
हेनुहोस प्रिन्स ह्यारी र मेगन मार्केल विवाह समारोहको तस्विरहरु
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा