सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ ४ । सर्वोच्च अदालतले ८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई अभियुक्तलाई उन्मुक्ति दिएको छ । पाँच लाख धरौटीमा उनीहरु बिहीबार रिहा भएका हुन्। न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले पाँच लाख धरौटी लिएर उनीहरुलाई रिहा गर्न आदेश दिएको हो ।
जिल्ला र उच्च अदालतको आदेशबाट ८८ किलो सुन तस्करीमा मुख्य अभियुक्त नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खे उन्मुक्ती पाएका हुन्।
अभियुक्तहरु जिल्ला र उच्च अदालतको आदेश विपरीत बैशाख १० गते सर्वोच्च अदालत पुगेका थिए। तर सर्वोच्चले जिल्ला र उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चले उनीहरुलाई बिहीबार उन्मुक्ती दिएको हो।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा