सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर, जेठ ३ । कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न र मलको समस्या पूरा गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड अञ्चल कार्यालय विराटनगरद्वारा पूर्वाञ्चलमा शुरु गरिएको रासायनिक मलको कारोवार अत्यधिक रुपमा वृद्धि भएको छ । विगतमा आयोडिनयुक्त नून तथा चिनीको कारोवार गर्दै आएको साल्ट ट्रेडिङ रासायनिक मलको बिक्री वितरणमा सफल हुँदै गएको छ । कृषि सामग्री संस्थानले किसानलाई खेतीका लागि आवश्यक परेकाबेला रासायनिक मल उपलब्ध गराउन नसक्दा र मलको हाहाकार भएकाबेला २०७० सालबाट साल्ट ट्रेडिङले रासायनिक मल उपभोक्तालाई वितरण गरेको सहकारी संस्थाका पदअधिकारीले बताएका छन् ।
साल्ट टे«डिङ अञ्चल कार्यालय विराटनगरका अनुसार ३८७ वटा सहकारी संस्थामार्फत सुनसरी, मोरङ, धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभालगायतका ग्रामीण तथा दुर्गम क्षेत्रमा मल बिक्री वितरण भइरहेको छ । कार्यालय प्रमुख नवीनचन्द्र झाका अनुसार २०७४ साउनदेखि २०७५ वैशाखसम्ममा युरिया मल दुई लाख २७ हजार बोरा, डिएपी मल ६७ हजार बोरा र पोटास पाँच हजार बोरा र एमोनियम सल्फेट दुई हजार ८०८ बोरा बिक्री वितरण भएको छ । प्रत्येक मलको बोरा ५० किलोको रहेको छ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा